बेलायती विदेश राज्यमन्त्रीको भ्रमणबाट गोर्खा समुदायका सम्पूर्ण समस्याहरु सँधैका लागि समाधान गर्ने माग

0


काठमाडौँ । बेलायत सरकारका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल (Andrew Mitchel) ले यसै हप्ता नेपालको भ्रमण गर्ने समाचारप्रति गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को ध्यानाकर्षण भएको एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको छ । यो भ्रमण बेलायतका सेनाध्यक्ष सर प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्के लगतै हुन लागिरहेकोले यस भ्रमणलाई महत्वका साथ हेर्न जरुरी जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । गेसोले मन्त्री मिचेलको यो भ्रमणबाट नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न पहिलो शान्ति तथा मैत्री सन्धिको शतवार्षिकीका अवसरमा हुन लागेको भनिएको तर यसको कुनै अर्थ र सन्दर्भ नरहेको जनाउदै औपचारिक कार्यक्रमबिना बेलायतका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमणको अर्थ नरहेको र भ्रमण बेलायत सरकारसँग गोर्खा सैनिकहरुका समान पेन्सनलगायतका समस्या समाधानका लागि भइरहेका निष्कर्षहीन वार्ताहरुको परिणामहरुलाई निस्तेज गर्नका लागि भइरहेका दावी विज्ञप्तिमा गरेको छ । 

साथै विज्ञप्तिमा गोर्खा समुदायका समस्या समाधानका लागि बेलायती पदाधिकारीहरुलाई नेपाली जनतासमक्ष स्पष्ट धारणा राख्न कुनै समस्या नरहेको र हाल बेलायत, नेपाल सरकार र गोर्खा समुदायका केही सीमित प्रतिनिधिहरुको संलग्नतामा भइरहेका त्रिपक्षीय वार्ताहरु विवादको घेरामा रहेको र निष्कर्षविहीन छन् । यी वार्तामा कुनै पनि ठोस् विषयवस्तुहरु समावेश नभएको र अधिकाश गोर्खा समुदायका प्रतिनिधिमूलक संस्थाहरु यी वार्ताहरुबाट बञ्चित गरिएका दावी गरिएको छ । आगामी वार्ता आगामी फरवरी २१ र मार्च २७ मा हुने तय भएको पनि विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ “सार्थक वार्ताका सन्दर्भमा, गेसोले केही समय पहिले अबको वार्ताको परराष्ट्र सचिवस्तरीय तयारी र मन्त्रीस्तरीय वार्ताबाट आगामी छ महिनाभित्र सार्थकतापूर्वक सम्पन्न भइसक्नु पर्ने अन्यथा गेसोले कडा आन्दोलनको घोषणा गर्ने जानकारीसहित प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष एक ज्ञापनपत्र नै पेश गरेको थियो । साथै सो वार्तामा गोर्खा समुदायका सबै संघसंस्था र आमरण अनसनकारी अभियन्ताहरुसमेतको सहभागितामा हुनुपर्ने भनी परराष्ट्र मन्त्रालयलाई आवश्यक निर्देशनका लागि अनुरोध गरेको थियो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले गेसोका उक्त दुबै मागहरुप्रति सहमति जनाउँदै सोहीअनुसार आफूले परराष्ट्र मन्त्रालयलाई आवश्यक निर्देशन दिनेसमेत बताउनुभएको थियो ।”

गेसोले बेलायती राज्यमन्त्रीको भ्रमणका क्रममा बेलायत र नेपाल सरकार बिच हुने द्विपक्षीय सम्झौतामा गेसोका मागहरुको सम्बोधन हुने गरि गर्न दुवै पक्षलाई आग्रह गरेको छ । साथै विज्ञप्ति मार्फत गेसोको आधिकारिक पक्षसँगको सहकार्यमा मात्र सँधैको लागि समाधान हुने गरी सन्धी सम्झौता गर्न पनि माग गरिएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top