विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न

0


मध्यपुर थिमि । शिक्षा र खेलकुदका माध्यमबाट विद्यार्थीहरूलाई समय सापेक्ष वैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको संस्थागत विद्यालय विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलमा यही २०८० माघ २६ गते अन्तरविद्यालयस्तरीय कराते र जिम्नस्टिक च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरियो ।

विनायक शिक्षा निकेतन, क्रिएटिभ लर्नर्स तथा गोल्डेन फ्युचरमा कराते प्रशिक्षण लिइरहेका विद्यार्थीहरु बिच सम्पन्न उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतनका विद्यार्थीहरुले सिङ्गल इभेन्ट र टिम इभेन्टमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका थिए । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विनायक स्कुलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले उद्घाटन गदै आजका यी कलिला मन र मस्तिष्कमा भाइचाराको सम्बन्ध स्थापना गर्न र आफ्नो क्षमता र सीपलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रममा करातेका राष्ट्रिय रेफ्री दिनेश गाईज्यू र प्रशिक्षक सुमी श्रेष्ठ निर्णायक तथा अतिथिको रुपमा रहेको थियो ।

त्यस्तै विनायकमा जिम्न्यास्टिक प्रशिक्षण लिइरहेका विद्यार्थीहरूका बीचमा अभिभावकको उपस्थितिमा जिमन्यास्टिक प्रदर्शन कार्यक्रमको आयोजना समेत गरियो । प्रशिक्षक तथा कोच विजेन्द्र श्रेष्ठ र सुमन तामाङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा बिजयी विद्यार्थीहरूलाई अतिथि अभिभावक द्वय उषा पजापति र नबिन श्रेष्ठले पदक तथा पमाणपत्र बितरण गरेका थिए । सो प्रदर्शन अवलोकन पश्चात अभिभावकबाटे विद्यालयको कार्यको मुक्तकण्ठले प्रशंसासमेत गरेका थिए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top