थन्थु दरबार पुरानै शैलीमा पुनर्निर्माण हुने

0


भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्बर ३ मा रहेको थन्थु दरबारको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन भक्तपुर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको नगरपालिकाको बैठकले थन्थु दरबारको परिमार्जित नक्साअनुसार पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

मेयर प्रजापतिले थन्थु दरबारलाई पुरानो मौलिक शैलीमा माटो हालेर पुनर्निर्माण गर्न सरोकारवालाबीच सहमति भइसकेको बताए । थन्थु दरबार भवन पुनर्निर्माण प्राविधिक समितिले पेश गरेको परिमार्जन नक्साअनुसार दरबारको पुनर्निर्माण प्रक्रिया अघि बढाइने उनले प्रष्ट पारे ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोश आचार्य र डरहम विश्वविद्यालयका प्रा डा रोबिन कनिङ्घम तथा राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मी सम्मिलित टोलीले २८ डिसेम्बर, २०२३ मा थन्थु दरबार पुनर्निर्माण स्थलको निरीक्षण गरेका थिए । मेयर प्रजापतिले पुरातत्व विभागसँगको समन्वयमा दरबारको पुनर्निर्माणको काम अघि बढाउने जानकारी गराएका छन् ।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नगरपालिकाको गौरवको आयोजनाका रुपमा थन्थुदरबारको पुनर्निर्माण अगाडि बढेको बताइन् । स्मारक संरक्षण तथा दरबार मर्मतसम्भार केन्द्र भक्तपुरकी प्रमुख नकर्मीले थन्थु दरबारको संशोधित नक्सा पुरातात्विक दृष्टिकोणले उपयुक्त भएको बताइन् ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार स्क्वायर क्षेत्रको ५५ झ्याल दरबारलाई थन्थु दरबारकै अंगका रुपमा हेरिएको बताए । दरबार पुनर्निर्माणको संरचनागत डिजाइन लगभग पूरा भइसकेको ख्वपः इन्जिनियरिङ कलेजका प्राध्यापक सुनिल दुवालले जानकारी दिए । माटोको गुणस्तर, माटोको स्रोत पहिचान र पुनर्निर्माणका लागि माटोको नमूना परीक्षण गरिएको उनले बताए । सो स्थानमा विगतमा भक्तपुर नगरपालिकाको कार्यालय रहेको थियो । वि.सं. २०७२ को भुकम्प पछि भत्किएको उक्त भवन पुरार्नै मल्लकालिन शैलीमा निर्माण हुने जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top