एकै परिवारका तीन पुस्ताको फोटो प्रदर्शनी एकसाथ

0



भक्तपुर । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली, उहाँका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले उपत्यकाको भक्तपुर, काठमाडौ, ललितपुर र काभ्रेको बनेपा तथा पनौतीका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु विभिन्न काल खण्डमा खिचेका यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी फागुन १८ र १९ गते, भक्तपुर दरबार स्क्वायर क्षेत्रमा हुने भएको छ । २ दिने उक्त प्रदर्शनी विहान १० देखि बेलुका ५ बजेसम्म खुल्ला रहने एक पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ ।

वनेपाली परिवारको तीन पुस्ताले क्यामरामा कैद गरेका फरक–फरक काल खण्डको भक्तपुरलगायतको फोटोहरुले यहाँको परिवर्तित जीवनशैलीमात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन देख्न सकिने पत्रकार सम्मेलनमा बताइयो । यसले भक्तपुरको साँस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनसमेत उजागर गर्ने विश्वास गरेको छ ।

तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर प्रदर्शनीमा राखिने र यो प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्छ, वितरित विज्ञप्तिमा भनिएको छ । प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने विश्वास गरिएको छ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन । जुन तस्वीरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउने सम्मेलनमा केदार बनेपालीले बताए । विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन बरिष्ठ राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुहुने जनाएको छ । 

प्रेस विज्ञप्ति

व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी

२०८० फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्र

भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली, उहाँका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेका भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संगसगै यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी आयोजना गर्ने जमर्को गरेको छ ।

वनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जिवनशैलीमात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउँछन् । यसले भक्तपुरको साँस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तन समेत उजागर गर्ने हामीले विश्वास लिएका छौं ।

प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्छ । प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्नेछ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्न। जुन तस्वीरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने हामीले बिश्वास लिएका छौं ।

भक्तपुर पर्यटन विकास समिति (BTDC)

BTDC सन् १९९७ मा स्थापना भएको गैरसरकारी संस्था हो । भक्तपुरका पर्यटन ब्यवसायीहरुको सक्रियतामा स्थापना भएको यस संस्थाले स्थानीय समुदायको सहभागितामा भक्तपुरको समग्र विकासको लागि दिगो पर्यटनका विभिन्न गतिविधि गदै आएको छ । द्यत्म्ऋ दिगो र स्वस्थ पर्यटन विकासले मात्र साँस्कृतिक शहर भक्तपुरको समग्र विकास गर्न सकिन्छ भन्ने कुरामा प्रतिबद्व रहदै आएको छ ।

स्व. बद्री प्रसाद बनेपाली

वि.सं. १९७२ सालमा जन्मनु भएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो ब्यवसायिक फोटोग्राफर हुनुहुन्छ । १४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि केही बर्ष सम्म घर घरमा गई फोटो खिच्नु भयो । उहाँले वि.सं. २०१० मा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा ब्यावसायिक फोटोग्राफी सुरु गर्नुभएको थियो । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० बर्ष अधि खिच्नु भएको तस्वीरहरु रहने छन् ।

केदार प्रसाद बनेपाली

बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गर्नुभएको थियो । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गर्नु भएको केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता हुनुभयो । २०६६ सालमा टेलिभिजन रिपोर्टिङ्ग छोडेर आफनै दत्तात्री स्टुडियोमा आवद्घ हुदै आउनु भएको छ । प्रदर्शनीमा करिव ५० बर्ष अधि केदार बनेपालीले खिचेका तस्वीरहरु राखिनेछन् ।

सुनी बनेपाली

बुबा केदारसँग फोटोग्राफी सिक्नु भएकी सुनी संभवतः भक्तपुरकै पहिलो महिला फोटो पत्रकार हुन् । उहाँले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाण्डौको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गर्नुभएको थियो । उहाँले करिब ३० बर्ष अधि खिच्नु भएको फोटोहरु प्रदर्शनीमा रहनेछन् ।

किसन बनेपाली

बुबा केदार र दिदी सुनीको सँगत र प्रेरणाले गर्दा किसनले पनि १२ बर्षको उमेरमै फोटोग्राफी सुरु गर्नु भयो । बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गर्नुभएका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गर्नु भयो । उहाँ हाल हजुर बुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको ब्यवस्थापन हेर्दै आउनुभएको छ । उहाँले २०–३० वर्ष अघि खिच्नु भएका तस्वीरहरु प्रदर्शनीमा राखिनेछन्। 

भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन सँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् । विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन भक्तपुरका बरिष्ठ राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुहुने छ । २ दिने प्रदर्शनी विहान १० देखी बेलुका ५ बजेसम्म खुल्ला रहनेछ ।

मिति ः २०८० फागुन १२ गते

दीपेश राज शर्मा

अध्यक्ष

भक्तपुर पर्यटन विकास समिति


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top