विनायकमा स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

0



मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले फागुन ११ गते विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका बीच स्क्र्याबल च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ६ र ७ जुनियर तथा कक्षा ८ र ९ सिनियर गरी दुई समूहमा विभाजन गरी सम्पन्न भएको उक्त कार्यक्रममा हरेक कक्षाबाट उत्कृष्ट ६ जना विद्यार्थी छनोट गर्दै जम्मा ४८ जना विद्यार्थीहरु बीच फाइनल च्याम्पियनसिप प्रतियोगिता गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले उद्घाटन गरेको उक्त कार्यक्रममा स्क्र्याबल क्लब अफ पोखरा अन्तर्गत भक्तपुर जिल्लाका संयोजक सिंहबहादुर लामाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक विद्यार्थीले आफूभित्रको प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप तथा पाठगत क्रियाकलापमा जोड दिनुपर्ने कुरा बताए ।

जम्मा तीन चरणमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीमध्ये उत्कृष्ट ६ जना जुनियर र ६ जना सिनियर गरी १२ जना विद्यार्थीहरु विद्यालय च्याम्पियन भएकोमा जुनियर तर्फ तुलज प्रजापति र सिनियर तर्फ सुजिना कुम्पाख उत्कृष्ट बन्न सफल भएको विद्यालयका सहायक प्रिन्सिपल तथा भक्तपुर जिल्ला स्क्र्याबल कोर्डिनेसन समिति सदस्य प्रेमप्रसाद निरौलाले जानकारी दिएका छन्  ।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागका संयोजक शिवहरी प्रजापति, दिपेन्द्र दंगाल, कृष्ण पन्थी र रोशन कटुवालको संयोजनमा उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । स्मरण रहोस्, २०८० सालको भक्तपुर जिल्लाव्यापी स्क्र्यावल च्याम्पियनसिप प्रतियोगिता विनायक शिक्षा निकेतनले नै आयोजना गरेको थियो भने बारामा आयोजित राष्ट्रिय च्याम्पियनसिपमा यस विद्यालयबाट तीन जना विद्यार्थीहरु जिल्ला च्याम्पियन बन्दै सहभागी भएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top