वी किड्समा स्पोट्स कार्निभल २०८०

0



भक्तपुर । सूर्यविनायकको पाण्डुबजारमा रहेको वी किड्स स्कूलको स्पोट्स कार्निभल २०८० सम्पन्न भएको छ । कराते खेलवाट शुरू भएको उदघाटन कार्यक्रमको सभापति विद्यालयकी प्रिन्सिपल मन्जु दुवाल रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि सितोरियो कराते संघका अध्यक्ष दावा गुरूङ्ग रहेका थिए भने महासचिव, पदाधिकारीहरू एवं वरिष्ठ गुरूहरु रहेका थिए । साथै ग्रेडिङ्गका संयोजक रेफ्री रामशरण त्वाती (एशियन कराते रेफ्री) पनि सहभागी थिए । कार्यक्रम संचालिका विद्यालयकी एकेडेमिक कोअर्डिनेटर श्रीदेवी कर्माचार्य रहेकी थिइन् भने स्वागत मन्तव्य विद्यालयकी शिक्षिका सृजना बासुकलाले गरेकी थिइन् । 

विद्यावयका विद्यार्थीहरूवाट मार्चपाससहित शुरू भएको स्पोट्स कार्निभल २०८० को प्रमुख अतिथिवाट पानसमा बत्ती बाली उदघाटन गरिएको थियो । स्पोट्स कार्निभलको पहिलो दिन कराते खेलवाट शुरू भएको थियो । कराते स्पाईरल  (प्रतियोगिता) हुनुका साथै विद्यार्थीहरूवाट करातेको काटाँ प्रदर्शन गरिएको थियो । सोको प्रमुख अतिथि तथा अतिथिहरूवाट रूचिपूर्वक अवलोकन भएको थियो । 

ग्रेडिङ्गमा सफल विद्यार्थीहरूलाई प्रमुख अतिथि दावा गुरूङ्गले प्रमाणपत्र तथा ओरेन्ज बेल्ट वितरण गरिएको थियो । प्रमुख अतिथिले कराते खेल आत्मरक्षाको मात्र नभई व्यक्तित्व विकासमा महत्वपुर्ण हुने, समाज, देशको प्रतिष्ठाको लागि रहेको विचार व्यक्त गरे । हरेक क्षेत्रमा कराते खेलसंग सम्वन्ध व्यक्तिहरू नै नेतृत्वमा अगाडि रहको उनले बताए । विद्यालयले कराते खेललाई प्राथमिकतामा राखी भविष्यमा खेलाडीको उत्पादन तथा देशका लागि सही सक्षम अनुशासित नेतृत्व विकासका लागि पहल गरेकोमा धन्यवाद दिइएको थियो । 

सभापति विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले खेलले विद्यार्थीहरूको शारीरिक विकास मात्र नभई मानसिक र व्यक्तित्व विकासमा सहयोग पुग्ने र अनुशासित रहन सिकाउने माध्यम रहेको वताइन् प्रमुख अतिथि, अतिथि, अभिभावकहरूलाई अमुल्य समय र उपस्थित भई विद्यार्थीहरूलाई उत्प्रेरणा दिएकोमा धन्यवादका साथ आभार व्यक्त गरिएको थियो । ग्रेडिङ्मा सफल विद्यार्थीहरूलाई बधाई र शुभकामना दिदै कार्यक्रम सम्पन्न भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top