ओस्ला नेपालको पदस्थापन कार्यक्रम सम्पन्न

0



मध्यपुर थिमि । मध्यपुर थिमिको सामाजिक संस्था ओस्ला नेपालको चौथो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन गत माघ ५ गते सम्पन्न भएको छ । उक्त सभाबाट आगामी दुईवर्षका लागि अध्यक्षमा पुनः राजेश श्रेष्ठ सर्वसम्मत निविरोध निर्वाचित भएका छन् । 

संस्थाले शनिवार सिद्धार्थ साकोसको सभाहलमा आयोजित पदस्थापन तथा अन्तरक्रिया कार्यक्रममा सोबारे जानकारी गराएको हो । निर्वाचन समितिको संयोजक गोल श्रेष्ठ र सदस्यहरु तुल्सीभक्त श्रेष्ठ र न्हुछेराज बज्राचार्य रहेको समितिले उपाध्यक्षमा सुशील जोशी, सचिवमा रोशन बज्राचार्य, सहसचिवमा तुल्सीराम श्रेष्ठ र कोषाध्यक्षमा दिकेश बज्राचार्य निर्विरोध निर्वाचित भएकोे र कार्यसमिति सदस्यहरुमा शम्भुजय श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ र नन्दु श्रेष्ठ निर्वाचित भएको निर्वाचन संयोजक श्रेष्ठले जानकारी दिए ।

पुनः निर्वाचित अध्यक्ष श्रेष्ठले पदस्थापन कार्यक्रममा ओस्ला नेपाल आज भन्दा २५ वर्ष अगाडि स्थापना भएको र संस्थाले सांस्कृतिक उत्थान, सम्पदा संरक्षण, सरसफाईदेखि संस्कृतिकर्मीहरुलाई सम्मान गर्ने कार्यका साथ सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउदै आएको बताए ।

संंस्थाले स्थापनादेखि हालसम्मको गतिविधि एवं लक्ष्य सहितको कार्य समेटेर स्मारिका प्रकाशन गर्ने गृहकार्य गर्न लागेको पनिे बताए । ओस्ला नेपालका अध्यक्ष श्रेष्ठले कार्यसमितिमा थप दुईजना सुन्दर श्रेष्ठ र रत्नसुन्दर श्रेष्ठलाई मनोनित सदस्यकोृ रुपमा चयन गरिएको जानकारी दिए । निर्वाचित पदाधिकारी एवं सदस्यहरुले आआफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । 

संस्थाले विगतमा दशैं तथा नेपाल संवत्को अवसर पारेर दशैंतिहार उपहार चिठ्ठा कार्यक्रम र मध्यपुर थिमि, भक्तपुर जिल्ला एवं काठमाडौं उपत्यका व्यापी धिमे बाजा बाजा प्रतियोगिता लगायतका संस्कृति संरक्षण एवं उत्थानका कार्यहरु गर्दै आएको नवनिर्वाचित सचिव रोशन बज्राचार्यले जानकारी दिए । साथै संस्थाले आगामी दिनमा समेत कला, संस्कृति र सामाजिक कार्यमा संस्थाको क्रियाशीलता कायम रहने प्रतिबद्धता व्यक्त गरेको थियो ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top