फागुन १४ बाट आन्दोलन गर्ने फोनिजको घोषणा

0



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घको गलत इतिहास सुधारको लागि भन्दै लामो समयदेखि संघर्ष गर्दै आइरहेको छ । तथ्य र प्रमाणले पनि नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ) का संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । तर नेपाल पत्रकार महासङ्घले संस्थापक अध्यक्षको रुपमा नेपाली कांग्रेसका सन्त नेता मानिएका कृष्णप्रसाद भट्टराईलाई मान्दै आइरहेको छ । यसरी महासंघको इतिहास मेटाउने कार्यको बिरोध गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

फोनिजद्वारा जारी आन्दोलनका कार्यक्रमहरुः

१) २०८० फागुन १४ गते सोमवार बिहान ७ बजे फोनिजका सबैे समितिका नेतृत्वसँग आन्दोलन बारे भर्चुअल सम्वाद गर्ने ।

२) २०८० फागुन १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासङ्घको सबैे समितिमा फोनिजका सबै समितिबाट ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष कायम गर्नुपर्ने’ मागसहितको स्मरणपत्र हस्तान्तरण गर्ने ।

३) २०८० फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकार,  संघसंस्था व व्यक्तित्वहरुसँग अन्तरक्रिया कार्यक्रम गरिने ।

४) फागुन १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष कायम गरः’ भन्ने सन्देश फोनिजका सबैे सदस्यहरुबाट नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट व महासचिव रोशन पुरीलाई मोबाइलमा एसएमएम मार्फत जानकारी गराउने ।

५) फागुन १९ गते फोनिजका सबै सदस्यहरुलाई ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घया संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहितको सन्देश पठाएको एसएमएसको स्क्रिनसट व संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटोसहित फेसबुकलगायत सामाजिक सञ्जालमा पोष्ट गरिने ।

६) स्मरणपत्र हस्तान्तरण गरेको सातौं दिनमा पनि माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र सबै जिल्ला शाखामा अनिश्चितकालीन तालाबन्दी गरिने ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top