सिद्धार्थ साकोसले मनायो १५ औं स्थापना दिवस

0

सिद्धार्थ साकोसले मनायो १५औं स्थापना दिवस

भक्तपुर, साउन २३ । मध्यपुर थिमिकोशंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १४ औं बर्ष पार गरेको छ । २०६६ श्रावण २३ गते डिभिजन सहकारी कार्यलय भक्तपुरमा दर्ता भएको उक्त संस्थाले स्थापनाको १४ बर्ष पुरा गरेको हो । 

सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संस्थाले स्थापनाकाल देखि नै सदस्य केन्द्रित र समुदायमा आधारित वित्तीय सेवा प्रदान गर्दै आएको छ । सदस्यहरुको वृहत हित र संस्थागत सामाजिक उत्दायित्व प्रति सचेत रहि संस्थाले साँस्कृतिक, पर्यावरणीय संरक्षण तथा जनस्वास्थ्यसँग सम्बन्धित लोककल्याणकारी कार्यहरु सञ्चालन गर्दै सदस्यहरुको विश्वास जित्न सफल संस्था आर्थिक मन्दीको बीचमा पनि समग्र वित्तीय कारोवारमा वृद्धि भएको संस्थाले जनाएको छ ।

गत आर्थिक बर्षको असार मसान्तसम्म ३ करोड ३७ लाख ५६ हजार शेयर पुँजी र ३७ करोडको कारोवार गर्न सकेको संस्थाका अध्यक्ष राजेश श्रेष्ठले बताए । संस्थामा १ हजार ६१९ सदस्य आवद्ध रहेका छन् भने वित्तीय सेवाको अतिरिक्त संस्थाले विपे्रषण सेवाका साथै प्रविधिको सहज प्रयोग गरी अन्य संघ संस्थाको भुक्तानी सेवा प्रदान गर्दै आएको उनले जनाए । आर्थिक तथा सामाजिक समृद्धिको साझेदार भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संस्थाले यस आर्थिक बर्षमा स्मार्ट बैंकिङ्ग, क्युआर कोड र मोबाइल बैकिङ्ग सञ्चालन गर्दै संस्थामा नयाँ आयामका साथ सदस्य तथा संस्थाको उन्नति र प्रगतिको लागि समर्पित भएर लाग्ने प्रतिवद्धता संस्थाले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top