२९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइने

0

२९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइने


काठमाडौं । २९ औ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ ।

विश्वका आदिवासीहरुले विगत २९ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन । आदिवासी जनजातिहरुको जातिय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम प्रवद्र्धन गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने गरिएको छ । यसका साथै विश्व आदिवासी दिवस विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गर्ने अभ्यास विगत देखि नै हुँदै आएको छ । यो उत्सवमा नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरुसमेत प्रदर्शन गरिन्छ । 

नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रबद्र्धन गर्दै पूख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नारा र “आत्मानिर्णयका लागि परिबर्तनका सम्वाहक आदिवासी यूवा” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित २९औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाउन गैरहेको छ । 

यहि २०८० श्रावण २४ गते बुधबारको दिन नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषासहित राजधानीको मध्य भाग भृकुटीमण्डपको प्रदर्शनीमार्ग देखि प्रज्ञाभवन कमलादीसम्म र्याली गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरिनेछ । साँस्कृतिक झाँकी सहितको र्याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।

नगरपरिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोहका प्रमूख अतिथि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूबाट मूल समारोहको समुदघाटन हुने छ । सो कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, पार्टी प्रतिनिधिहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, महासंघका पूर्ब प्रमुखहरु, विभिन्न आदिवासी जनजातिका विशिष्ट ब्यक्तित्वहरु, जातिय संस्था र संबद्ध संगठनका अध्यक्षहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुबाट हजारौको उपस्थिति रहने छ । 

२९ औ विश्व आदिवासी दिवसको अवसरमा मूल समारोहमा उपस्थित प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू लगायत विभिन्न विशिष्ट ब्यक्तित्वहरुले आदिवासी जनजातिहरुको सवालमा बिचार मन्तब्य राख्नुहुनेछ भने विभिन्न जातिय संस्थाहरुबाट आ–आफनो मौलिक साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत हुनेछन ।

२९ औ विश्व आदिवासी दिवसको अवसरमा प्रज्ञा भवनको पछाडि पट्टी रहेको खुल्ला बगैचामा आदिवासी जनजातिहरुको विभिन्न मौलिक खानपीनहरु प्रदर्शनी (फुड फेस्टीभल) तथा बिक्री वितरण स्टलहरु पनि राखिने छन ।

२९ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघसंग आबद्ध विभिन्न जातिय संस्थाहरु र सम्बद्ध संगठनहरुद्धारा निम्न अनुसार कार्यक्रमहरु आयोजना हुने समेत जनकारी गराउदछौ ः

२९औ विश्व आदिवासी दिवसको अवसरमा आयोजित केन्द्रीय तहका कार्यक्रमहरु ः


१) नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय

कार्यक्रम ः २९ औ विश्व आदिवासी दिवस मूल समारोह

मिति ः २०८० श्रावण २४ गते बुधबार ।

स्थान ः मूल समारोह नेपाल प्रज्ञा प्रतिष्ठानको सभाभवन, कमलादी काठमाण्डौ ।

समय ः १२ ः ३० बजे

झाँकी ¥याली सूरु हुने स्थान ः भृकुटीमण्डप, विहान ११ बजे ।


२) तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद) केन्द्रीय कार्यसमिति 

कार्यक्रम ः २९ औं विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलनको अवस्था बारे अन्तरक्रिया कार्यक्रम

मिति ः २०८० श्रावण १९ गते, शुक्रबार ।

स्थान ः संस्थाको केन्द्रिय कार्यालय, मित्रनगर काठमाडौ

समय ः दिउँसो ३ः०० बजे


३) सुनुवार सेवा  समाज, केन्द्रीय कार्यसमिति

कार्यक्रमः शुभकामना आदानप्रदान तथा आत्मनिर्णयको अधिकार कार्यान्वयनका लागि कोइँच (सुनुवार) युवाको भूमिका विषयक अनुशिक्षण कार्यक्रम

मिति ः २०८० श्रावण १९ गते शुक्रबार

स्थान ः सुनुवार सेवा समाजको केन्द्रिय कार्यालय, कोटेश्वर, काठमाडौ

समय ः बिहान ११ः०० बजे


४) नेपाल मगर संघ केन्द्रीय कार्यसमिति

कार्यक्रम ः आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम

मिति ः २०८० श्रावण २० गते शनिबार

स्थान ः ओ. डि. सी. ईन्टरनेसनल, बसुन्धारा काठमाडौ

समय ः  बिहान ११ः०० बजे


५) आदिवासी जनजाति महासघ, महिला विभाग

कार्यक्रम ः आदिवासी जनजाति महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्व र सिडको सिफारिस नंं. ३९ आदिवासी महिला र किशोरीको सवाल बारे अन्तरक्रिया कार्यक्रम 

मिति ः २०८० श्रावण २१ गते, आईतबार ।

स्थान ः पेन्सन भासना होटल, डिल्लीबजार काठमाण्डौ ।

समय ः दिनको १ बजे ।


६) किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति 

कार्यक्रम ः संस्थाको ३६औ स्थापना दिवस तथा १ नं. प्रदेश पुनः नामकरण बहस

मिति ः २०८० श्रावण २२ गते

स्थान ः क्रिष्टल पार्र्टी प्यालेस, मानभवन ललितपूर 

समय ः बिहान ११ः०० बजे

 

७) आदिवासी जनजाति अपाङ्ग संघ

कार्यक्रम ः National Level Workshop on Youth leadership' and engagement in Cad'aign of lndigeneity, Women and Child.

मिति ः २०८० श्रावण २२ गते

स्थान ः पेन्सन भासना होटेल, डिल्लीबजार काठमाण्डौ ।

समय ः १२ बजे ।


८) राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ

कार्यक्रम ः One-day interaction program on Indigenous Youth Back to Their Roots An Interactive Dialogue.

मिति ः २०८० श्रावण २३ गते

स्थान ः याङग्रीमा होटेल, जोरपाटी काठमाण्डौ ।

समय ः ११ः०० बजे ।


९) आदिवासी जनजाति अपाङ्ग महिला संघ

कार्यक्रम ः पुस्तक विमोचन कार्यक्रम (Struggles of Indigenous Inspiring Personalities of Nepal)  

मिति ः २०८० श्रावण २५ गते

स्थान ः होटल यल्लो प्यागोडा, जमल काठमाण्डौ ।

समय ः २ बजे ।


१०० आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)

कार्यक्रम ः प्रदेश नं. १ आन्दोलनको विषयमा बृहत अन्तरक्रियात्मक बिचारगोष्ठी

मिति ः २०८० श्रावण २७ (स्थापना दिवस) र २८ गते (बृहत अन्तरक्रियात्मक बिचारगोष्ठी)

स्थान ः संगम होटल, बिराटनगर ।

समय ः  बिहान ११ः०० बजे


११० ईन्डिजिनियस टेलिभिजन 

कार्यक्रम ः आदिवासी जनजातिहरुको सवालमा एक हप्ते टेलिभिजन बहस कार्यक्रम

मिति ः २०८० श्रावण २० देखि २७ गतेसम्म

स्थान ः ईन्डिजिनियस टेलिभिजनको कार्यालय, अनामनगर । 


     दिवस राई                                                         गेल्जे लामा शेर्पा 

        महासचिव                                                                                       अध्यक्ष


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top