भक्तपुरबाट हराएका श्रीधर विष्णुको पुरातात्त्विक मूर्ति अमेरिकामा फेला

0
भक्तपुरबाट हराएका श्रीधर विष्णुको पुरातात्त्विक मूर्ति अमेरिकामा फेला


काठमाडौँ । भक्तपुरको एक मन्दिरबाट सन् ८० को दशकमा चोरी भएको उभिइरहेका श्रीधर विष्णुको पुरातात्त्विक मूर्ति अमेरिकाको लस एन्जेल्सस्थित काउन्टी म्युजियम अफ आर्ट्समा फेला परेको छ । 

चोरिएका र हराएका सम्पदाको खोजबिन तथा घरफिर्ती गराउने अभियानमा सम्बद्ध ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार तेह्रौं शताब्दीको सम्पदा मानिने यो मूर्ति रहेको भक्तपुरको मन्दिरबारे भने टुंगो हुन सकेको छैन । मूर्तिको नाक तथा देब्रे हातको औंलाको छेउमा पनि केही भााचिएको संकेत देखिने यो सम्पदाको तुलनात्मक फोटोग्राफ सन् १९७९ मा प्रकाशित एडब्लू म्याकडोनाल्ड र एन भरगटी स्टलको ‘नेवार आर्ट’ कृतिमा समेटिएको छ ।

लस एन्जेल्सस्थित काउन्टी म्युजियम अफ आर्ट्सको संग्रहमा यसअघि पाटन, बहाबहीबाट हराएको चिन्तामणि लोकेश्वर, भक्तपुर त्रिपुरा सुन्दरीको यक्ष÷गण र ह्युमत टोल काठमाडौंबाट हराएको सालभन्जीका याक्षी प्रतिमा फेला परेको थियो । कान्तिपुर 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top