‘जेलर’को ट्रेलर रिलिज, रजनीकान्त एक्सन मोडमा

0

‘जेलर’को ट्रेलर रिलिज, रजनीकान्त एक्सन मोडमा


काठमाडौं । साउथका सुपरस्टार ‘थलाइवा’ रजनीकान्त यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘जेलर’मा व्यस्त छन र यसैबीच फिल्मको ट्रेलर पनि रिलिज भएको छ । निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेसँगै यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ७२ वर्षीय रजनीकान्त फेरि एकपटक एक्सन मोडमा देखिएका छन ।

फिल्मको ट्रेलर धमाधम भाइरल भइरहेकोछ, जसलाई हेरेपछि तपाई यो फिल्म हेर्नको लागि अझ उत्साहित हुनुहुनेछ । ट्रेलरमा रजनीकान्तको एक्शनसँगै उनका संवाद पनि दमदार छन, जसले तपाईको मन जित्नेछ । रजनीकान्तको फिल्म ‘जेलर’ २५० करोडको बजेटमा बनेको छ । फिल्ममा रजनीकान्तसँग तमन्ना भाटिया मुख्य भूमिकामा छिन । चलचित्र अगस्ट १० मा हलमा रिलिज संचारमाध्यमले जनाएको छ ।

चलचित्र ‘जेलर’का गीतहरु यसअघि नै हिट भइसकेका छन । योसँगै रजनीकान्तले यो फिल्म रिलिज भएपछि फिल्मबाट बिश्राम लिने खबर पनि आएको छ । यो बिश्राम लामो नहोला तर उनले केही समय नयाँ फिल्म साइन गर्ने छैनन । रजनीकान्तले विगत केही वर्षदेखि आफ्नो लागि नियम बनाएका छन । यस अनुसार उनी हरेक फिल्मपछि आध्यात्मिक विश्राम लिएर मैदानमा घुम्न जान्छन । यसबाट उनलाई मानसिक शान्ति मिल्छ र फेरि नयाँ उर्जा लिएर आफ्नो काममा जुट्छन ।

‘जेलर’ रिलिज भएपछि रजनीकान्त हिमालय जाने बताइएको छ । उनी त्यहाँ केही समय शान्तिपूर्वक बस्नेछन र यस अवधिमा उनले आफ्नो लागि मात्र समय निकाल्नेछ । यो बिश्रामबाट फर्किएपछि उनले आफ्नो नयाँ फिल्ममा काम सुरु गर्नेछन । फिल्म ‘जेलर’ मा रजनीकान्त र तमन्नाका अलावा शिवराज कुमार, मोहनलाल, ज्याकी श्राफ र राम्या कृष्णनको पनि अभिनय रहेको छ । यसबाहेक फिल्ममा मोहनलालले केमियो पनि गर्दैछन ।

त्यस्तै रजनीकान्तको फिल्म ‘जेलर’ अगस्ट १० मा रिलिज हुन लागेको छ । यस अवसरमा  चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका छन् । यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । 

रजनीकान्त २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ । आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९ औँ फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो । पछि फिल्मको नाम बदलेर जेलर राखियो ।

एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top