भक्तपुरमा शुक्रबारे हाट्बजार सुरू

0

भक्तपुरमा शुक्रबारे हाट्बजार सुरू


भक्तपुर । पर्यटकीय नगरीको रुपमा चिनिने नगरकोटमा हाटबजार सुरू भएको छ । चाँगुनारायण नगरपालिकाको वडा नँ ६ कोसंयोजनमा नगरकोट हाट बजार सुरू भएको हो ।

वडाको पहलमा सुरू भएको उक्त बजारलाई वडा कार्यालयले शुक्रबारे हाटबजारको नाम दिएको छ । नगरकोटमा इतिहासमै पहिलोपटक हाटबजार सुरू गरिएको वडा अध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

उनले नगरकोट क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उपज व्यापारका लागि वडाले उक्त अवधारणा ल्याएको जानकारी दिए । नगरकोटको बसपार्क क्षेत्रस्थित महामञ्जुश्री डाँडामा बजार सुरू गरिएको जानकारी दिदैं उक्त बजारमा किसानहरूले आफ्नो बारीमा उत्पादित तरकारी बेच्न ल्याएका थिए ।

बजारमा ल्याइएका तरकारी किन्नेहरुको बाक्लै उपस्थिति थियो । बजारमा ल्याएका तरकारी र सामान किन्न भीड लागेको थियो, किसानले उत्पादन गरेका अर्गानिक तरकारी हारालुछ भएको थियो, वडा अध्यक्ष लामाले भने । सो बजारले किसानलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । उनले बजार सञ्चालन गरिएसँगै उपभोक्ताले पनि स्वस्थकर तरकारी उपभोग गर्न पाएको र नगरकोटमा सञ्चालन भइरहेका होटल व्यवसायीलाईसमेत यसले मद्दत पुगेको बताए ।

काभ्रेको आस्क नेपाल, पर्यटन विकास समिति, कृषक समूह तथा स्थानीयवासीको सहयोग रहेको हाट बजार सन्चालनलाई साप्ताहिक रूपमा गर्ने योजना वडाले बनाएको अध्यक्षले जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top