भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा

0

भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा


काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्चको (भिटोफ नेपाल) आयोजना तथा एसईआई पर्यटन मञ्चको ब्यवस्थापनमा लेलेको जयलकुमारी बालकुमारी महिला समूहका महिलाहरुलाई होमस्टे सञ्चालन पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  गाउँ पर्यटन प्रवद्र्धन मञ्चको १८ जना सदस्यहरुको टोलीले ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोथीमा अवस्थित भृगारेश्वर महादेवको दर्शन, बालकुमारी चौर, भिमसेन लगायतका पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गरेको थियो । पहिलो पटक सुनाकोथी अवलोकन तथा भ्रमण गरेका आन्तरिक पर्यटकहरुलाई पथ प्रर्दशकको रुपमा विश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले स्थानीय सम्पदाहरुको बारेमा जानकारी दिएको थियो । 

सुनाकोथीको ऐतिहासिक प्राकृतिक सम्पदाहरुको अवलोकन पश्चात नेवारी परम्परा अनुसार विहानीको खानाको ब्यवस्था सुनागुथीको काजी छेँमा गरेको थियो । नेवारी परिकार चाकु र खुवाको योमरी सहितको विहानीको खाजा पश्चात भिटोफ नेपालका सदस्यहरु गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको लेले पुगेको थियो । यहाँ रहेको जयलकुमारी बालकुमारी महिला समूहले धिमेबाजा सहित स्वागत गरेको थियो । बाजा गाजा सहित टिका र कोखाः लगाएर न्यानो स्वागत पश्चात गो ग्रीन भ्याली नेपालको सहयोगमा भिटोफ नेपालका सम्पूर्ण सदस्यहरुले लेलेको सार्वजनीक स्थानमा फलफूलका बोटविरुवा रोप्ने काम पनि गरेको थियो । बृक्षारोपण पश्चात लेलेको पौराणिक ऐतिहासिक तिलेश्वर महादेव र सरस्वती कुण्डको भ्रमण अवलोकन गरेर स्थानीय महिला समूहलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्चको बारेमा जानकारी दिनुका साथै होम स्टे सञ्चालनको बारेमा अन्तरक्रिया कार्यक्रम भएको थियो । भितोफ नेपालका सदस्यहरुले जयलकुमारी बालकुमारी महिला समूहलाई पाँच हजार सहयोग गरेर लेलेबाट विदाई भएको थियो । यहाँबाट फर्किने क्रममा बाटोमा पर्ने बज्रबाराही मन्दिर र ठेचोको पुरातात्विक सम्पदाहरु बालकुमारी, नवदुर्गा लगायतका स्थानहरुको भ्रमण गरेर फर्केको थियो । यसरी भिटोफ नेपालको २७ औं स्थापना दिवस ललितपुरको अवलोकन भ्रमण गरेर मनाएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top