बाघभैरब भजनको म्युजिक भिडियो सार्वजनिक

0

बाघभैरब भजनको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । कीर्तिपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न भएको छ । भाद्र १ मा हुन लागेको बाघ भैरव जात्रालाई लक्षित गरेर उक्त भजन गीतको प्रिमियर सो गरेको हो ।

जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै श्रेष्ठले नपालमा राज्यले जस्तो सुकै दमन गरेतापनि नेपाललाई साच्चैकै नेपाल बनाउने काम कीर्तिपुरले गर्दै आएको चर्चा गरे । कार्यक्रममा विशेष अतिथि कीर्तिपुर नगरपालिकाका कार्यवाहाक मेयर एवं उपमेयर शुभलक्ष्मी शाक्यले बाघभैरवको पुरानो गीतलाई जीवन्तता दिने काम म्युजिक भिडियोले गरेको बताउदै कीर्तिपुरको संस्कृति, सम्पदाका विषयमा यस्तै प्रकारका म्युजिक भिडियो बनाउदै जीवन्त बनाउने पर्ने बताए ।

बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले बाघभैरवको म्युजिक भिडियो अत्यन्तै राम्रो भएको बताउदै बाघभैरबकै किंबदन्ती अनुसार चित्रण गर्न सकेकोमा खुशी लागेको बताए । त्यसै गरि सभा अध्यक्षको आशनवाट कार्यक्रमका संयोजक हरिशरण साय्मिले बाघभैरवको यो म्युजिक भिडियो युट्यूबमा राख्ने र युट्यूबदेखि विभन्नि माध्यमबाट आउने सबै आर्थिक बाघभैरव भजन मण्डललाई दिने घोषणा गरे । कार्यक्रममा संस्कृतिविद, कलाकार, पत्रकार र संगीत प्रेमीहरुको उपस्थिति रहेको थियो । भजन गीतमा स्वर बाघभैरव भजन मण्डल परिवारको रहेको छ । संगीत संयोजन र रेकडिष्ट हरिशरण सायमीले गरेका हुन् र साय्मिकै सभापतित्वमा औपचारिक कार्यक्रम भएको हो । म्युजिक भिडियोमा बालकलाकारहरुको अभिनय रहेको छ । छायाँङकन र सम्पादकको भूमिका राजेश शाक्य, निर्देशन ललेंद्र शाक्यले गरेका हुन् । उक्त भजन गीतको निर्माण समुहमा हरिशरण सायमी, ज्ञानकुमार महर्जन, प्रताप महर्जन, ललेंद्र शाक्य र राजेश शाक्य रहेका छन् । भजन गीतको प्रिमियर सो कार्यक्रम कीर्तिपुर सिनेप्लेक्समा भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top