एउटै गीतः सात भाषामा सार्वजनिक

0

एउटै गीतः सात भाषामा सार्वजनिक


काठमाडौं – गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई नेपालको सात भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नपालभाषा, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक गरेका छन् ।

यो गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय रहेकोछ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय गरेका छन् ।

कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनिल केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले सायदै पहिलोपटक नेपालमा एकैपटक एउटै गीतलाई सातवटा नेपालमा बोलिने राष्ट्रभाषामा सार्वजनिक गरिएको र एक कलाकारले राष्ट्रभाषाहरुलाई सरंक्षण र प्रबद्र्धन गर्न सहयोग गरेको भन्दै धन्यवादसँगै शुभकामना दिए । यस्तै ब्यवसायी टिका बुढाथोकीले पनि गीतको सफलताको शुभकामना दिए ।

गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखि यो गीतका लागि काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, आफूले झण्डै ५० पटकसम्म अभ्यास गरेको र सबैभन्दा बढी नेपालभाषामा स्वर भर्दा समय लागेको बताए ।

टंक र अन्नुले नेपाली र थारु बाहेक अन्य पाँचवटा भाषाका लागि विभिन्न ब्यक्तिहरुसँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवद्र्धन गर्नकै लागि आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’ गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top