३८ वर्षअघि नेपालबाट हराएको मूर्ति बेलायतमा फेला

0

 

३८ वर्षअघि नेपालबाट हराएको मूर्ति बेलायतमा फेला

काठमाडौं । पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतमा फेला परेको छ । मूर्तिको खोजीकार्य जारी रहेको अवस्थामा बेलायती निजी संकलकले बेलायतस्थित नेपाली दूतावासलाई उक्त मूर्ति बुझाएको दुतावासले जनाएको छ ।

११औं शताब्दिको मानिएको उक्त ‘सूर्य मूर्ति’ बेलायतले नेपालमा फिर्ता पठाइएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ ।

सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुनःस्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पु¥याएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top