नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया

0
नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया


काठमाडौं ।  बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया गरेको छ । राजधानीमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी विभिन्न विज्ञहरूसंग छलफल गर्दै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन हस्तान्तरणमा चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुबेदीले सन् २०१३ मा सात वटा बालबालिका सम्बन्धी काम गर्ने संस्था मिलेर यूएन कमिटीमा रिपोर्ट पठाएको सम्झना गर्दै हाल ६७५ वटा संस्थाले बालबालिका सम्बन्धी काम गरिरहेको जानकारी दिए । उनले प्रत्यक २ वर्षमा नागरिक समाजका तर्फबाट यूएन कमिटीमा बालबालिका सम्बन्धी रिपोर्ट तयार गरेर प्रतिवेदन दिनुपर्ने बताउँदै हाल १८ वटा बालबालिका सम्बन्धी काम गरिरहेका संस्था मिलेर प्रतिवेदन हस्तान्तरण गरेको जाकारी दिए ।

कार्यक्रममा बिशेष अतिथि डा कुन्दन अर्यालले नेपाली आमसञ्चारमा आगामी दिनमा बालबालिका सम्बन्धी कभरेज बढाउन पत्रकारहरुबीच बालअधिकारका बारेमा जानकारी बढाउन आवश्यक ज्ञान, सीप र नैतिक पक्ष, वैचारिक आदानप्रदान, क्षमता अभिवृद्धिका लागि छलफलको क्रम अझ बढाउनुपर्ने बताए । 

उनले बाल अधिकारकर्मी र विज्ञहरुको विचार आलेख तयारी गरी सञ्चारमाध्यमलाई उपलब्ध गराएर सार्वजनिक वृत्तमा बालबालिकाका सवाललाई मुखरित गर्नुपर्ने बताएका छन् । उनले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय बाल अधिकार परिषदबीच बाल मैत्री मिडिया कभरेजको सारभूत रुपमा अभिवृद्धि गर्न समन्वय र सहकार्य हुन जरुरी रहेको पनि कार्यक्रममा जानकारी दिए ।

उनले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र पूर्णतः बालबालिकामा केन्द्रीत भएको बताउँदै केन्द्रीकृत छलफल (देशका सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी बालअधिकारकर्मी र विज्ञ) गरी अनलाइनका समाचारमा पनि विचार आलेख, सम्पादकीय तथा अन्तरवार्ताको गुणात्मक तथा परिमाणात्मक पक्षको अध्ययन गरी बढाउन सकिने बताए । कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बालबालिकामा केन्द्रीत समाचार मिडियामा स्थान दिएको हुनाले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र नहुनुपर्ने बताए ।

उनले सञ्चारमाध्यमले बालबालिका सम्बन्धी मात्र समाचार हेर्ने पत्रकारको व्यवस्था गर्नुपर्ने पनि बताए । साथै बालअधिकारकर्मीहरूले बालबालिका सम्बन्धी मात्र समाचार लेख्ने पत्रकारलाई संगठन गर्नुपर्ने धारणा राखेका थिए । साथै उनले बालबालिका सम्बन्धी कलम चलाइ रहेका अधिकारकर्मी तथा लेखकका सामाग्री (बिचार, आलेख, समाचार)लाई राससले प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top