मोडर्न भक्तपुरलाई अन्तर्राष्ट्रिय ‘बेस्ट स्कुल अवार्ड–२०२३’

0

मोडर्न भक्तपुरलाई अन्तर्राष्ट्रिय ‘बेस्ट स्कुल अवार्ड–२०२३’


भक्तपुर । विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भक्तपुर जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको मोडर्न स्कूल र कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप यस अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । 

एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न भएको एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड–२०२३, मोडर्न स्कुल र कलेजले शैक्षिक, अतिरिक्त क्रियाकलाप र सामाजिक क्रियाकलापहरूका माध्यमबाट समाज र राष्ट्रलाई दिँदै आइरहेको उत्कृष्ट योगदानको कदर गर्दै आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न ३३ विधामा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

जुलाई १७, २०२३ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा मोडर्न बोर्डिङ्ग स्कूलका प्रिन्सिपल राजन कसपालले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गरेका थिए । अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top