साम्बाको गोलले नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

0

साम्बाको गोलले नेपाल बंगलादेशसँग बराबरीमा रोकियो


काठमाडौं । नेपालीे महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी हुन् ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् । उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन् । नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिडेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top