भक्तपुर प्याव्सन आवद्ध सदस्य स्कुलहरुबाट एसइइ उतीर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट

0

भक्तपुर प्याव्सन आवद्ध सदस्य स्कुलहरुबाट एसइइ उतीर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट


भक्तपुर । भक्तपुर जिल्ला प्याव्सनमा आवद्ध स्कुलहरुबाट एसइइ उतीर्ण गरेका विद्यार्थीलाई जिल्लाका हिसान आवद्ध स्कुलहरुमा कक्षा ११ भर्ना भए ५० प्रतिशत छुट दिने भएको छ । 

यस सम्वन्धमा भक्तपुर प्याव्सन र भक्तपुर हिसानबीच समझदारीपत्रमा दुईपक्षीय सम्झौता भएको छ । सम्झौतामा प्याव्सन जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान जिल्ला अध्यक्ष अनिल कसपालले हस्ताक्षर गरेका छन् । सम्झौतामा अन्य थप तीन बुँदा गरी कुल चार बुँंदाहरु छन् । सम्झौतामा प्याव्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय कलेजहरुले आवश्यक थप छुट सहुलियत पनि दिने सम्झौता भएको छ । साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने सहकार्यमा पनि सम्झौता भएको छ । साथसाथै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । 

कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण वनाउन प्याव्सनबाहेक जिल्लाको एन प्याव्सनलगायतका संगठनहरुसँंग पनि यस्तै प्रकारको सम्झौता गरी अगाडि वढने जानकारी गराएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top