एसइइमा ग्रेड अनुसार केके पढ्न पाउँंछ?

0

एसइइमा ग्रेड अनुसार केके पढ्न पाउँंछन् ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड(एनईबि)ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत सार्वजनिक भएको छ, जुन पुरानो ग्रेडिङ प्रणाली हो । अर्थात् यो नतिजामा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । 

पुरानो ग्रेडिङ निर्देशिका अनुसार विद्यार्थीले प्राप्त गरेको ग्रेडका आधारमा कुन कुन विषय पढ्न पाउँछ त्यसबारेमा जानकारी दिन्छौं । एसईईपछि त्यति धेरै सूचना प्रविधि (आईटी) को कोर्षको विकल्प छैनन् । कक्षा ११ र १२ तथा ‘ए’ लेभलमा कम्प्युटर विषय पढ्नु, सीटीईभीटीको प्राविधिक तर्फ आईटी विषय पढ्नु केही विकल्प हुन् ।  

कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा कम्प्युटर पढाइ हुन्छ । विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर समूहमा पढाइ हुन्छ । यी समूहमा भर्ना हुन विज्ञान र गणितमा ‘सी प्लस’ ल्याई कुल ग्रोडिङमा कम्तीमा २.० जीपीए ल्याएको हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा ‘डी’  ग्रेड ल्याएर यी बाहेक अन्यमा जुनसुकै ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् । त्यस्तै न्यूनतम जीपीए १.६ ल्याएका, तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकीका विषय समूहमा भर्ना हुन सक्छन् ।  तपाईंले यति अङ्क प्राप्त गर्नु भए कम्प्युटर पढ्न पाउनुहुन्छ । 

यता सीटीईभीटीले तीन वर्षे डिप्लोमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा हस्पिटालिटी गरी चार विधामा प्राविधिक कोर्ष सञ्चालन गरिरहेको छ । जसमध्ये स्वास्थ्यतर्फका विषय पढ्न गणित, विज्ञान र अंग्रेजी विषयमा कम्तिमा ‘सी’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए चाहिन्छ । त्यस्तै इन्जिनियरिङतर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा ‘सी’ ग्रेड र अंग्रेजीमा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए ल्याएको हुनुपर्छ । कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अंग्रेजीमध्ये कुनै दुई ओटा विषयमा कम्तिमा ‘सी’ ग्रेड र एउटामा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए  ल्याउनु पर्छ । तर १८ महिने प्रि डिप्लोमा तहमा जति जीपीए ल्याए पनि भर्ना हुन सकिन्छ । 

समग्रमा सैद्धान्तिक विषयतर्फ ‘सी’ वा तलको तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । त्यस्तै मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top