राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८० हुने

0

राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८० हुने


काठमाडौं । राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८० को आयोजना हुने भएको छ । साउन महिनामा आयोजना हुने यो अवार्डको लागि काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

गीतकार तथा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’को सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशकी साँसद मिना श्रेष्ठले उद्घाटन गरेकी थिइन । सो कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य एवम् गायिका टिका पुन, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, अभिनेता धिरेन शाक्य, अभिनेता बिनोद श्रेष्ठ, निर्देशक जनक गुरुङ, पत्रकार बिजय रत्न तुलाधर, तुलसी गिरी ‘भावुक’ लगायत थिए । आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङ लगायतका अतिथिहरुले मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

आदिवासी जनजातिको गीत–सङ्गीत र चलचित्रलाई बाहिर ल्याउँदै उत्कृष्ट प्रतिभा र श्रृजना चयन गरेर पुरस्कृत गर्न यो अवार्डको आयोजना गर्न लागिएको आयोजक उमेश गुरुङले जानकारी दिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top