१००–२०० होइन, ५०० वर्ष भन्दा पुरानो बैंक, जसले गरिबलाई सहयोग गर्न र दानका लागि पनि ऋण दिन्छ ।

0

Banca Monte dei Paschi di Siena, Bank of Italy,


एजेन्सी । इटलीमा रहेको Banca Monte dei Paschi di Siena, Bank of Italy, अझै पनि सञ्चालनमा रहेको विश्वको सबैभन्दा पुरानो बैंक हो । यो इटालीको चौथो ठूलो बैंक हो । तर, अहिले यो बैंकको आर्थिक अवस्था खराब छ र युरोपकै सबैभन्दा कमजोर ऋण दिने बैंकको रुपमा गनिएको छ । बाँका मोन्टे देई बैंकको आर्थिक अवस्था नाजुक भए पनि यो बैंक सिएना सहरका जनताको मनमा बाँचेको छ । यो बैंक सन् १४७२ मा स्थापना भएको हो । कोलम्बसले अमेरिका पत्ता लगाएका पनि थिएन यो बैंकको स्थापना हुँदा, यो बैंक सयौं वर्षसम्म सफलतापूर्वक चलिरहेको थियो । सन् २००८ को मन्दीपछि यस बैंकको अवस्था नाजुक हुँदै गयो ।

गरिब, असहाय र खाँचोमा परेका मानिसहरूलाई ऋण उपलब्ध गराउने उद्देश्यले बाँका मोन्टे देइ पस्ची दि सिएना बैंक सुरु भएको हो । यो बैंक सुरु गर्नुको एउटा उद्देश्य जनतालाई साहूकारको चंगुलबाट मुक्त गराउनु पनि थियो । साढे पाँच सय वर्षदेखि यसले आफ्नो काम राम्रोसँग गर्दै आएको छ । यस बैंकले सियानामा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यससँगै किन्डरगार्टेन, एम्बुलेन्सजस्ता धेरै सार्वजनिक सुविधाको पनि विकास भएको छ । सिएनाका मानिसहरू भन्छन् कि मोन्टे देई पासी सियाना सहरको धमनीमा बग्ने रगत जस्तै हो । यो बैंक सिएनाका हरेक परिवारको हिस्सा हो ।

यस बैंकले व्यवसाय सञ्चालन गर्न पैसा मात्रै दिदैन, परोपकारका लागि ऋण पनि उपलब्ध गराएको छ । यस बैंकको सहयोगमा प्रसिद्ध पालियो दि सिएना घोडा दौड पनि आयोजना गरिन्छ । लामो समयदेखि यो बैंक बिक्रीको चर्चा चलिरहेको थियो । तर, यो बैंक अहिलेसम्म बिक्री भएको छैन ।

४५ लाख ग्राहक, २१ हजार कर्मचारी

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार मोन्टे डे सिएना बैंकका ४५ लाख ग्राहक छन् । यसमा २१ हजार कर्मचारी कार्यरत छन् भने यसका १५ सय शाखा र २०० विशेष केन्द्रहरू सञ्चालनमा छन् । यस बैंकको कुल सम्पत्ति १५० अर्ब युरो रहेको अनुमान गरिएको छ ।

अहिले बैंकको अवस्था खराब छ

सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दीको समयमा सरकारले अमेरिका, बेलायत, स्पेन, आयरल्याण्डलगायतका बैंकहरूलाई पुँजी दिएको थियो तर इटालीमा त्यस्तो हुन सकेन । विश्वको सबैभन्दा पुरानो बैंक पनि मन्दीको चपेटामा परेको छ । बैकको खराब व्यवस्थापन र वित्तीय अपचलनका कारण बैंकको अवस्था नाजुक हुँदै गयो । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार अहिले यो बैंक युरोपको सबैभन्दा खराब ऋण दिने बैंकको रुपमा गनिएको छ । युरोपेली नियामकहरूले मोन्टे देई पस्ची बैंकको आर्थिक अवस्थाबारे छानबिन गर्दा उक्त बैंक लामो समयदेखि वित्तीय ठगीमा संलग्न रहेको पाइएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top