मध्यपुर थिमिले सर्वसम्मत पारित गर्यो ३ अर्ब बढीको बजेट

0

मध्यपुर थिमिले सर्वसम्मत पारित गर्यो ३ अर्ब बढीको बजेट


भक्तपुर । आगामी आ.व. २०८०/०८१ को लागि मध्यपुर थिमी नगरपालिकाले ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गरेको बजेट बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले सर्वसम्मत पारित गरेको हो ।

‘गुणस्तरिय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार भन्ने दृष्टिकोण’ सहित बजेटले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, जग्गा विकास आयोजना लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उपप्रमुख श्रेष्ठले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

आ. व. २०८०/०८१ मा बेरुजु फछर्यौट विशेष अभियान सञ्चालन गर्नुका साथै तोकिए अनुसारको बेरुजु फछर्यौट गर्न पदाधिकारीहरुलाई प्रोत्साहन दिने व्यवस्था पनि मिलाइएका उनले प्रष्ट पारे ।

बजेटमा सडकको कालोपत्रे, ढलान र ब्लक छपाईका साथै ढल निकासको लागि ५० प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाईएको छ । बिग्रेका भत्केका पूर्वाधार तत्काल निर्माण तथा मर्मत गर्न द्रुत कार्य टोली परिचालन गरी तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाईएको छ ।

यसैगरी स्वास्थ्य कार्यक्रमका लागि ६ करोड ४४ लाख, उज्यालो नगर अभियान अन्तर्गत वडाहरु उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग साझेदारी कार्य गर्न ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै शिक्षा तथा खेलकुदको लागि ७ करोड ७ लाख ४१ हजार, सूचना प्रविधि क्षेत्रको लागि एक करोड ४० लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताए ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा असार १९ गतेसम्म ७३.९८% प्रगति भएको प्रष्ट पार्दै थप काम सम्पन्न भै भुक्तानीको क्रममा रहेकाले असार २५ गतेसम्म बजेट कार्यान्वयन ९० प्रतिशत भन्दा बढी हुने अपेक्षा गरिएको जानकारी दिएका छन । उनले आगामी बजेटलाई थप प्रभावकारी बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top