गोर्खा इको प्यानललाई निर्माण क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान

0

गोर्खा इको प्यानललाई निर्माण क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान


काठमाडौं । स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने आधुनिक निर्माण सामाग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यानलको कार्यलाई कदर गर्दै ६१ औ इन्जिनियर दिवस २०८० को अवसरमा कोशी प्रदेश इन्जिनियरिङ एसोसिएसन विराटनगरले गरेको समापन समारोह तथा टेक्निकल सेसन कार्यक्रममा सम्मान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवांलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । 

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा कर्पाेरेट अफिस भएको गोर्खा इको प्यालन देशभरि प्रयोग हुँदै आएको छ । हलुका, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, छोटो अवधिमा निर्माण सम्भब हुनेलगायतका अनेक कारणले यो निर्माण सामाग्री देशैभरि लोकप्रिय भएको हो । निर्माण क्षेत्रमा सकारात्मक प्रभावकै कदरस्वरुप भक्तपुरमा कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानललाई कोशी सरकारसम्मले सम्मान गरेको हो । गोर्खा इको प्यानल आइएसओ सर्टिफाइड निर्माण सामाग्री उत्पादन कम्पनी हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top