‘चमक’ हराएको चित्रपुर !

0

‘चमक’ हराएको चित्रपुर !


भक्तपुर । जिल्लाको दक्षिण क्षेत्रमा अर्थात मध्यपुर थिमिबाट पनि दक्षिणमा रहेको तत्कालिन दधिकोटमा अवस्थित इतिहासको कालखण्डमा कुनै बेला यो ठाउँको नाउँ चोपूँ दय् भन्ने थियो भने यो ठाउँ कहिले विजयपुरले कहलियो, कहिले भने चोरपुरले बद्नाम भयो । तर अहिले भने यो ठाउँ चित्रपुर नामले परिचित छ । साथै यो स्थान लोकल चिउराको लागिसमेत परिचित रहेको छ ।

मल्लकालीन शैलीको बस्ती मानिने, तनहुँको बन्दीपुर बजारको झल्को दिने यो बस्ती २०७२ को भूकम्पपछि बदलिएको छ । पहिला मल्लकालीन शैलीका घरहरुको ठाउँमा अहिले कङ्क्रिटका भवन ठडिएका छन् । २०७२ सालभन्दा अघिसम्म चित्रपुरको विशाल बस्तीको मध्य भागको भुइँ रातो इट्टा बिेछ्याएको थियो । तर अहिले भने ढुङ्गा बिछ्याएको छ ।

२०७२ सालको भूकम्पसँगै यहाँको बस्तीका भवन, घर बनाउने शैलीमा आएको परिवर्तनले चित्रपुरको चमक हराएको चित्रपुर हेर्न, डुल्न आउनेहरुले मात्र अनुभव गरेका छैनन, त्यहीका स्थानीयले पनि त्यसको अनुभव गरेका छन् ।

‘चमक’ हराएको चित्रपुर !

‘भूकम्पपछि यहाँको बस्तीमा इँटा, माटो, काठले बनेका घरको सट्टा गिट्टी, बालुवा, सिमेन्ट, रडले घरहरु बन्न थाले, यसले पहिलाको जस्तो सौन्दर्य कहाँ दिएको छ र ? अहिले त बस्ती नै टाटेपाटे देखिएको छ’, स्थानीय भनाई रहेकोछ ।सो स्थानका स्थानीयले चित्रपुरको सौन्दर्य, ऐतिहासिकतालाई बिर्संदा चित्रपुर आधुनिक बन्ने रहरले कुरुप बन्दै गएको पनि स्थानीयले अनुभव गरकेो छ ।

यस्तै सो स्थानमा पछिल्लो समय दोहोर्याएर पुगेकी आर्किटेक्ट सिर्जना प्रजापति पनि चित्रपुरमा बस्ती विकासको अवस्थाबाट सन्तुष्ट छैनन् । ‘पहिला जुन बस्तीको जुन चित्र मनमा थियो, त्यो चित्र अहिले फोटोमा मात्र देख्न सकिने भएको छ, चित्रपुरले मौलिकता गुमाउँदै छ,’ उनले भनिन् ।

यसो भनीरहँदा धन्न त्यो ऐतिहासिक बस्तीभित्र सहरमाझैं सवारी साधनको कोलाहल भने छैन, ठाउँ खुल्ला भएकाले मन आनन्द छ । त्यति पनि बाँकी नभए‘.त ।

हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ४ भित्रको यो प्राचीन बस्ती चित्रपुरको छुट्टै इतिहास छ । नेपाल भाषामा ‘चो’ भनेको टुप्पा र ‘पु’ भनेको बस्ती हो । यसर्थ तिनैतिर खाल्डो भएको र बिचको भाग माथि उठेको स्थानमा बस्ती भएकाले नाम चोपूँ राखिएको अनुमान गर्न सकिन्छ । यही चोपूँ शब्द अपभ्रंश हुँदै र चोपुलाई हेप्ने भावले चोरपुर बन्न गएकोमा स्थानीयको दुखेसो छ । चोपुबाट चोपुर र त्यसबाट पनि चोरपुर भएकोमा दुखेसो पूरै बस्तीको छ । तर अहिले यो स्थानको नेपाल भाषामा चोपु नै भनिन्छ भने खस भाषामा पुर थपिएर चित्रपुर बनेको छ । यस स्थानमा नेवा समुदायका राजबहाकहरुको बाहुल्यता रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top