दिव्य दीप ज्योतिकी छात्रा दिपासा अमात्यले पनि चार जीपीए ल्याउन सफल

0




भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित दिव्य दीप ज्योति इगलिश सेकेण्डरी स्कुल भक्तपुरकी छात्रा दिपासा अमात्यले पनि चार जीपीए ल्याउन सफल भएकी छिन् । सो स्कुलमा कक्षा पाँंचदेखि अध्ययनरत दिपासाले बिहीबार सार्वजनिक एसइई परीक्षाफलमा चार जीपीए ल्याउन सफल भएकी हुन् । 

स्कुलका संस्थापक प्रिन्सिपल सिमान्तराज सुवेदीले दिपासा सानो कक्षादेखि नै प्रतिभाशाली विद्यार्थी रहेको बताइन् । यही कारण उनले सर्वाेत्कृष्ट चार जीपीए ल्याएर देशकै नाम राखेको उनले बताए । स्कुलबाट दिपासासहित तीनजना विद्यार्थीहरुले ३ं.९ जीपीएसहित सवै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ पास भएको उनले बताए ।  

दिपासा ललितपुरको चाँंगाथली निवासी दिपेन्द्र सिह अमात्यका दुई छोरीमध्येकी जेठी छोरी हुन् । सफल विद्यार्थी दिपासाले आफूले पनि उच्च अंक ल्याई स्कुलको, जिल्लाको अनि देशकै नाम राख्न सफल भएकोमा खुशी व्यक्त गरिन् । दिपासाले आफूलाई भविष्यमा पाइलट बन्ने इच्छा रहेको बताइन् । 

दिव्य दीप ज्योति इगलिश सेकेण्डरी स्कुल २०५४ सालदेखि स्थापना भएको स्कुल हो । यो स्कुलबाट २०५८ सालदेखि एसएलसी (हालको एसइई) परीक्षामा सामेल हुन थालेको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top