कोरा भक्तपुर साइकलिङ च्यालेन्जलाई नेपाल इको प्यानलको साथ

0

कोरा भक्तपुर साइकलिङ च्यालेन्जलाई नेपाल इको प्यानलको साथ


भक्तपुर । साइकल कनेक्ट भक्तपुरको अभियानलाई निरन्तर सहयोग गर्दै आएको नेपाल इको प्यानलले यो पटक पनि सहयोग गर्ने भएको छ । नेपाल इको प्यानलले साइकल कनेक्ट भक्तपुरले शनिबार गर्न लागेको तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्जलाई पनि सहयोग गर्ने भएको हो । 

सामाजिक उतरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत       ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने साइकल कनेक्ट भक्तपुरको मुख्य उदेश्यलाई सहयोग गर्दै आएको इन्जिनियर दुवालले जानकारी गराए । 

अभियान अन्तर्गत शनिबार “भक्तपुर कोरा २०२३” को आयोजना हुने भएको हो । भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० किलोमिटरको तीनवटा रूटमा साइकल यात्रीहरूले कोरा गर्ने जनाइएको छ ।  

साइकल रुट विहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु हुने छ । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिने छ । 

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५÷१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको छ । विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिने जनाइएको छ । साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिने छ । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिने छ । साइकल च्यालेन्ज पश्चात नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भूकम्प पीडितको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौंका मुख्य आयोजक मार्फत हस्तान्तरण गरिने छ । कार्यक्रमका लागि फन्की हिल रिसोर्ट नगरकोटलगायतले पनि सहयोग गर्ने आयोजकले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top