बिश्वबिनायक साकोसद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

0

बिश्वबिनायक साकोसद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण


मध्यपुर थिमि । सदस्यहरुको आर्थिक तथा सामाजिक गतिविधिप्रति पुर्णरूपमा जिम्मेवारी रहेको  बिश्वबिनायक बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले आफ्ना सदस्यहरुलाई दुर्घटना बिमाको रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य रामशरण प्रजापतिको गत बैशाखको १३ गते सवारी दुर्घटनामा पर्रि उपचार पछि संस्थाका अध्यक्ष कृष्णकाजी प्रजापतिले बिमितका बुबा रामनसिं प्रजापतिलाई बिमा वापतको ३३ हजार रूपैयाको चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण पछि बोल्दै अध्यक्ष प्रजापतिले संस्थाको स्थापनासंगै आर्थिक तथा सामाजिक उत्तरदायित्व भित्र पर्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आईरहेको संस्थामा हाल ७ सय ९० जना सदस्यहरू रहेको  जानकारी दिए ।

संस्थाले आफ्ना सदस्यहरूलाई भबितब्यमा हुने घट्नापछिको समस्यालाई मध्यनजर गर्दै  शिखर ईन्सुरेन्स मार्फत संस्थाले  आफ्ना सदस्यहरूलाई नियमित बचतमा  न्युनतम १२ हजार देखि २३ हजार ९ सय ९९ रूपैयाँसम्मका बचतकर्ताहरूको  ५० हजार सम्मको  र २४ हजारदेखि माथिका नियमित बचतकर्ता सदस्यहरूको १  लाख रूपैयाँसम्मको दुर्घटना बिमाको सुविधा प्रदान गरेको संस्थाका कोषाध्यक्ष राजेन्द्रबिक्रम प्रजापतिले जानकारी दिए  ।

संस्था आफैले सदस्यहरूको प्रिमियम तिर्दै आएको बताउँदै कोषाध्यक्ष प्रजापतिले नियमित बचतकर्ता सदस्यहरूको हितलाई मध्यनजर गर्दै बिमाको रकम बढाउने तर्फ संस्था अघि बढेको समेत जानकारी दिए । उनले आगामी दिनमा सदस्यहरूको हितको लागि ऋणी सदस्यहरूले लगेको ऋणको समेत बिमा गर्दै जाने योजना रहेको बताए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top