प्रचण्डसहित दुई छोरीले दिए दाहाललाई दागबत्ती

0

प्रचण्डसहित दुई छोरीले दिए दाहाललाई दागबत्ती


काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुधबार अपरान्ह पशुपति आर्यघाटमा प्रधानमन्त्री प्रचण्ड र छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन् । 

पशुपति आर्यघाटमा छोरीहरू रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल देखिन्छन् । उनीहरू बेलाबेला भक्कानिँदै र आफैं सम्हाल्दै गरेका छन् । 

त्यस्तै पशुपति आर्यघाटमा नै उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए, भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेर बहादुर देउवा, माधव कुमार नेपाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

साथै सीता दाहाललाई अन्तिम विदाई गर्न ठूलो संख्यामा शुभेच्छुकहरु तथा माओवादी कार्यकर्ताहरु पशुपति पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । यसअघि उनको शवलाई अन्तिम श्रद्धा१जलीको लागि माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा राखिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top