कोकाकोलामा मिसाइने पदार्थ ‘क्यान्सर कारक’को रूपमा सूचिबद्ध गर्ने तयारीमा डब्लुएचओ

0

कोकाकोलामा मिसाइने पदार्थ ‘क्यान्सर कारक’को रूपमा सूचिबद्ध गर्ने तयारीमा डब्लुएचओ


काठमाडौं । कोकाकोला बिश्वकै सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । डाइट कोकमा प्रयोग हुने संसारको सबैभन्दा सामान्य कृत्रिम स्वीटनरमध्ये एक एस्पार्टम सम्भावित रूपमा क्यान्सरजनक छ । समाचार एजेन्सी रोयटर्सले यस विषयमा जानकारी दिदै दुई स्रोतलाई उद्धृत गर्दै भनेको छ कि अर्को महिना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई ‘क्यान्सर निम्त्याउने कृत्रिम स्वीटनर’ घोषणा गर्न लागेको छ ।

एस्पार्टम कोका–कोला, डाइट सोडा देखि मार्स एक्स्ट्रा च्युइङगम र चिया, र जुसको केही ब्रान्ड, स्न्यापलमा प्रयोग गरिन्छ । डब्ल्यूएचओको क्यान्सर अनुसन्धान शाखा र इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले एस्पार्टमलाई ‘मानिसका लागि ‘सम्भवतः क्यान्सरजनक’ भनी सूचीबद्ध गर्ने स्रोतहरूले बताए ।

आइएआरसीले यस महिनाको सुरुमा एस्पार्टमले सम्भावित जोखिम खडा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्न अहिलेसम्म प्रकाशित प्रमाणहरूको आधारमा बाहिरी विज्ञहरूको बैठक बोलायो । आइएआरसीले एक व्यक्तिले सुरक्षित रूपमा उपभोग गर्न सक्ने उत्पादनको मात्राबारे बैठकपछिको निष्कर्षमा केही भनेन ।

तर, यसअघि जहिले पनि आईएआरसीले उपभोक्ताले कुनै उत्पादनको प्रयोगमा चिन्ता व्यक्त गरेको छ, त्यो उत्पादन कानुनी समस्यामा परेको छ । यसको चिन्ताले धेरै उत्पादनहरूलाई तिनीहरूको रेसिपीहरू परिवर्तन गर्न बाध्य पारेको छ । यस सम्बन्धमा आइएआरसीको मूल्याङ्कनले उपभोक्तालाई भ्रममा पार्न सक्ने आलोचना पनि भएको छ ।

डब्ल्यूएचओको मिसावट समिति जेईसीएफएले पनि यस वर्ष एस्पार्टमको प्रयोगको समीक्षा गरिरहेको छ । यसको बैठक जुनको अन्त्यमा सुरु भएको थियो र आइएआरसीले आफ्नो निर्णय जुलाई १४ मा आफ्नो निर्णय घोषणा गर्नेछ ।

यद्यपि, संयुक्त राज्य अमेरिका र जापानका राष्ट्रिय नियामकहरूको पत्र अनुसार खाद्य उद्योग र नियामकहरूलाई डर छ कि दुबै निकायबाट एकै समयमा निर्णय ल्याउनु भ्रमपूर्ण हुन सक्छ ।

मार्च २७ मा डब्ल्यूएचओका उपनिर्देशक जुजस्ना ज्याकोबलाई लेखिएको पत्रमा जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका एक अधिकारी नोजोमी टोमिताले भनेका छन, “हामी दुई निकायलाई जनतामा कुनै भ्रम वा चिन्ताबाट बच्न एस्पार्टेमको समीक्षा गर्न आग्रह गर्छौं ।” पत्रमा दुवै निकायलाई अहिले भइरहेको अवस्थामा सोही दिन निर्णय गर्न आह्वान गरिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top