स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन बसन्तपुरमा ओलम्पिक दिवस

0

स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन बसन्तपुरमा ओलम्पिक दिवस


- केके मानन्धर 

काठमाडौं । काठमाडौंको बसन्तपुरमा चौंथो विश्व ओलम्पिक दिवस मनाइएको छ । नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन नेपालले स्कुलमा अध्ययनरत छ सय बालबालिकाहरूलाई सहभागी गराएर ओलम्पिक दिवस मनाएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन सन् १८९४ देखि हरेक वर्षको जुन २३ तारिखमा विविध कार्यक्रम गरि विश्व ओलम्पिक दिवस मनाउने गरिए पनि नेपालमा भने केहीवर्ष अघिदेखि मात्र यो दिवस मनाउन सुरू गरिएको छ । कार्यक्रममा बाईस वटा प्रि–स्कुलका बालबालिकाहरुले मुरल पेन्टिङ गरेर आआफ्ना कला र खेलकुदप्रतिको भावनाहरु व्यक्त गरेका थिए ।

’प्रि–स्कुलका बालबालिकाहरुमा खेलकुदप्रतिको अवधारणालाई विकास गरी सृजनशील कृयाकलापमा आवद्ध गराउने हाम्रो उद्देश्य हो । यसले बच्चाहरूको शारीरिक स्वास्थ्य तथा सर्वाङ्गीण विकासमा टेवा दिन्छ भन्ने हाम्रो बुझाइ छ ।’ कार्यक्रम आयोजक संस्थाकी सचिव सम्झना बस्नेतले बताइन् । यस अघिको वर्षमा पनि करिव हजार जना बालबालिकाहरूलाई सहभागी गराएर दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएको उनले दाबी गरिन् । 

आयोजकले बच्चाहरूलाई स्वास्थ्य सम्बन्धी जनचेतनासँगै संस्कृति र सम्पदाको जानकारी दिने उद्देश्यले कुमारीघरको अवलोकन भ्रमण पश्चात् जिवित देवी कुमारीको पनि दर्शन गराएको थियो ।








Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top