यहाँ अण्डालाई पिसाबमा उमालेर पकाइन्छ, स्वास्थ्यका लागि फाइदाजनक भन्दै मानिसहरु चासोका साथ खान्छन्

0

यहाँ अण्डालाई पिसाबमा उमालेर पकाइन्छ, स्वास्थ्यका लागि फाइदाजनक भन्दै मानिसहरु चासोका साथ खान्छन्


एजेन्सी । अण्डालाई उमालेर खानु कुनै नौलो कुरा होइन । संसारको जुनसुकै कुनामा जानुहोस्, लगभग जताततै अण्डा पानीमा उमालेर खाइन्छ, तर चीन अपवाद हो । चीनको एउटा सहरमा अण्डालाई पानीमा नभई पिसाबमा उमालिने गरिन्छ । मानिसहरूले तिनीहरूलाई ठूलो चासोका साथ खान्छन् । उनीहरुका अनुसार यस्ता अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भएकाले कहिल्यै बिरामी पर्न दिँदैनन् ।

अनौठो खानेकुराको उल्लेख गर्दा चिनियाँ जनताहरुको जीवनशैली बिश्वमै अनौठो मानिन्छ । यहाँका मानिसहरूले हरेक वर्ष ४० लाख बिरालो खान्छन् । तर आजकल चीनमा अर्को परिकारको पनि चर्चा भइरहेको छ, जसको रेसिपीको बारेमा सुन्दा अचम्म लाग्नेछ । चीनका मानिसहरू कुमारी अण्डा खान्छन् । तपाईं अण्डा र कुमारी के हो भनेर सोचिरहनुभएको होला ? तर, यो खाँदा कहिल्यै गर्मी नहुने स्थानीय बासिन्दा बताउँछन् । रक्तचाप सधैं सही हुन र शरिरमा उर्जा मिल्छ, साथै धेरै सुगन्धित हुन्छ । परिवारका अधिकांश सदस्यले यसलाई खान रुचाउँछन् ।

यसरी बनाइने गरिन्छ यो  परिकार

भर्जिन अण्डा कुनै बिशेष अण्डा होइन । यो एक हिसाबले सामान्य अण्डा हो । तर यसलाई बनाउने विधिका कारण यो नाम दिइएको हो । यो कुमारी अण्डा बनाउन मूत्र प्रयोग गरिन्छ । यी अण्डा विद्यालय जाने बालबालिकाको पिसाबमा राखेर उमाल्ने गरिन्छ् । यो परिकारलाई स्थानीय भाषामा त्बगलनवष् म्बल भनिन्छ । कतिपयले यसलाई केटा अण्डाको नामले पनि चिन्छन् । रोयटर्सको अनुसार भर्जिन बनाउनका लागि पहिले अण्डालाई साना बालबालिकाको पिसाबमा डुबाइन्छ । त्यसपछि त्यसलाई उमालिन्छ । त्यसपछि अण्डाको बाहिरी आवरण हटाइन्छ र तिनीहरूलाई पुनः उमालेको पिसाबमा डुबाइन्छ, ताकि अण्डाहरूले पिसाबको स्वाद पाउन सकून् । र मन्द आँचमा दिनभर अण्डा पकाइन्छ ।

यति धेरै पिसाब कहाँबाट ल्याइन्छ त ?

यति धेरै पिसाब संकलन गर्नका लागि यहाँका विद्यालयहरुमा बाल्टिन राखिन्छ । विद्यालयका विद्यार्थीहरूले शौचालयको सट्टा यी बाल्टिनहरूमा पिसाब गर्छन् । यसरी आवश्यक मात्रामा पिसाब संकलन गरिन्छ । यो परिकार झेजियाङ प्रान्तमा धेरै प्रसिद्ध छ । वसन्त ऋतु सुरु हुने बित्तिकै त्यहाँका मानिसहरु यो परिकारलाई स्वाद मानी मानी खान्छन् । यहाँका मानिसहरुका अनुसार यो परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक छ, तपाईलाई यो थाहा पाउँदा झनै अचम्म लाग्ुनेछ कि यो पिसाब केटाहरुको मात्र लिने गरिन्छ, त्यो पनि १० वर्ष मुनिका । तर, यसको पछाडिको कारण भने खुलाइएको छैन ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top