सानोथिमिमा रोजगार मेला २०८० हुने

0

सानोथिमिमा रोजगार मेला २०८० हुने

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मध्यपुरको सानोथिमिमा रोजगार मेला हुने भएको छ । बुधबार नगरपालिका कार्यालय भबनमा गरेको पत्रकार सम्मेलनमा साृे सम्वन्धी जानकारी दिइएको थियो । 

प्रेस विज्ञप्तिको पूर्णपाठ

रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्धेश्यका साथ मध्यपुर थिमि नगरपालिकाले प्रथम पटक मध्यपुर थिमिमा “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” आयोजना गर्र्दैछ । मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुको बीचमा एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्नेछ । मध्यपुर थिमिको आयोजनामा तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा १ दिने वृत्ति मार्ग—निर्देशन तथा रोजगार मेला २०८० असार १६ गते शनिबार बिहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुदैछ । यो कार्यक्रम नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप ९भ्ल्क्क्ग्च्भ्० परियोजना – दोस्रो चरण अन्तर्गत सञ्चालन हुनेछ । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्श, मध्यपुर पर्यटन विकास समिति, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा, जिल्ला सहकारी संघ मध्यपुर समन्वय समिति, मध्यपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, प्याब्सन भक्तपुर, प्याब्सन मध्यपुर, स्थानीय स्काउट मध्यपुर, घरेलु तथा साना उद्योग संघ र आदर्श माध्यमिक विद्यालय, सानोठिमीको सहकार्य छ ।  यस मेलामा विद्यार्थी, युवाहरुले आ–आफ्नो रुची र खुबी अनुसारको वृतिविकास प्रयोजनार्थ सीप सिक्न, जागिर खोज्न र रोज्न सहयोग पु¥याउनेछ ।

मध्यपुर थिमि नगरपालिकाको प्रवक्ता एवं मेला आयोजना मूल समारोह समितिका संयोजक श्री कृष्णहरि आचार्य ज्यूको सभाध्यक्षतामा यस कार्यक्रम समुद्घाटन कार्यक्रम २०८० असार १६ गते विहान ९ बजे आदर्श माध्यमिक विद्यालय, सानोठिमीमा प्रतिनिधि सभा सदस्य माननिय दुर्लभ थापाज्युको प्रमुख आतिथ्यतामा सञ्चालन हुनेछ । भ्ल्क्क्ग्च्भ् परियोजनाको उद्धेश्य नेपाली युवा, पुरुषले उपलब्धिमुलक अपेक्षित रोजगारी प्राप्त गर्ने रहेको छ । अतः जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, अटोमोबाईल, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने, यूवाहरु÷ गृहिणी महिला÷काम गरिरहेका कामदारहरुको वृत्ति विकासको लागि सहयोग गर्न र श्रम बजारको सीपको आवश्यकताको जानकारी गराउने हेतुले प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिकवर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसाय लगायत अन्य क्षेत्रका रोजगारदाताको सहभागिता रहनेछ ।

वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको मुख्य अवसरहरु

  • वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने,
  • सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी दिइने,
  • रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने,
  • निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने,
  • रोजगारको अवसर प्राप्त गर्न सकिने । 
  • स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने ।

अहिले उद्योग व्यवसायको संकटकालिन विद्यमान परिस्थितीमा, एकातर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु, बेरोजगारको संख्या बढ्दै जाने र अर्कातर्फ उद्योग÷व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजना गर्न लागिएको वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेलाबाट युवाहरुलाई थप आफ्नो करिअरको बढवा, रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनेछ साथै प्राविधिक तथा व्यवसायिक संघ संस्थाहरुमा वर्तमान प्रविधिहरु सहितको सीप तथा शिक्षण प्रणली विकासमा नीति तथा कार्यक्रम तयार गर्न सहयोग हनेछ । रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्ने हामी आयोजकले विश्वास लिएका छौं ।

नेपालको संविधानले सीप तथा रोजगारलाई मौलिक हकको व्यवस्था स्थापित गरेको सन्दर्भमा शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन तथा सेवा, उत्पादनलाई आम्दानी र आम्दानीलाई सम्बृदि संग जोेडेर हाम्रो समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै तथा श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले यस “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” को आयोजना गरिएको छ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १६ वटा, मध्यपुर थिमि नगरपालिकाबाट ३ वटा, प्राविधिक शिक्षालयहरुबाट ९ वटा, स्थानिय उत्पादन (मध्यपुर माक्स मेकिङ्क र हस्तकला) बाट २ वटा, होटल व्यवशायी २ वटा, अस्पताल २ वटा, बैङ्क तथा वित्तिय संस्था १ वटा, वल्र्डलिङ्क १ वटा, ईन्स्योर परियोजना १ वटा र  गरी जम्मा ३७ वटा स्टलहरु रहनेछन् । विभिन्न उद्योग व्यवसायहरुबाट रोजगारीको अवसरहरु समेत रहनेछन् । तसर्थ यस मेलामा ३००० देखि ३५०० जना सम्मको सहभागिता रहने अनुमान गरिएको छ भने मेलाबाट निम्न उपलब्धीहरु प्राप्त हुने अपेक्षा राखेका छौँ ।

  • कम्तीमा १५००  जना युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने छन् ।
  • ४० देखि ५० जना बेरोगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने छन् ।
  • विभिन्न उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने छन् ।
  • बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउनेछन ।
  • तालिम प्रदायक संस्थावाट प्रदान गरिने सीपमुलक तालिम र अवसरको जानकारी पाउनेछन् ।
  • यस मेलाका लागि कार्यक्रममा छुट्याइएको बजेट ५ लाख रहेको छ ।

यस मेलालाई सफल वनाउनका लागि मध्यपुर थिमि नगरपालिका सबैमा हार्दिक अनुरोध गर्दछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top