‘श्रम उत्सव’मा १०० बिगाहमा धान रोपाइँ

0

‘श्रम उत्सव’मा १०० बिगाहमा धान रोपाइँ


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय धान दिवस अवसरमा एक सय बिगाहमा धान रोपाइँ गरेको छ । ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी’ नामक केन्द्रीय योजना अनुसार चितवन, बर्दिया, कपिलवस्तु, सिन्धुली, धनगढी, बाँके, रुपेन्देही, झापा, सुनसरी, नवलपरासी लगायत जिल्लाहरुमा गरी १०० बिगाहमा रोपाइँ गरेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले जनाएको छ । नेकपाले असार १५ लाई यसै वर्षबाट ‘श्रम दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।

रोपाइँको उद्घाटन महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिकास्थित केन्द्रीय कार्यालय नजिक आयोजित रोपाइँ कार्यक्रममार्फत गरेका थिए । केन्द्रीय  उत्पादन नीतिअन्तर्गत कपिलवस्तुमा शुक्रबार बिहान ड्रोन उडाएर श्रम उत्सवमा रोपाइँको उद्घाटन गरेका हुन् । कार्यक्रममा ‘पार्टीको केन्द्रीय उत्पादन योजनाअन्तर्गत आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रीय अभियान २०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । 

उद्घाटन कार्यक्रममा महासचिव विप्लवले श्रम उत्सवले धर्ती जाली र फटाह–काँतरको नभई श्रमिकको भएको सन्देश दिएको बताए । उनले देशैभरमा गरी पार्टीले एक सय बिगाहमा धान रोपाइँ गरेको बताए । पार्टीले नेता कार्यकर्तालाई आफ्नै श्रम र मेहनतमा बाँच्न सिकाउने र पार्टीलाई श्रमिकको पार्टी बनाउने अभियानमा उत्पादनले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

आफ्नै मेहनत र पसिनाले राजनीति गर्ने संस्कृतिको विकास नेकपाले सुरु गरेको बताउँदै नेकपाले लिएको वैज्ञानिक समाजवादमा कोही पनि अरुको श्रममा बाँच्नु नपर्ने अवस्थाको ग्यारेन्टी हुने बताए । आफ्नै श्रमको प्रतिफलमा बाँच्न र मुलुकलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने कुरा सिकाउन पार्टीले आर्थिक नीति अघि सारेको समेत स्पष्ट पारे । उनी बीउ उखेल्ने, झार्ने र रोप्ने काममा सहभागी बने ।

रोपाइँमा नेकपाका स्थायी समिति सदस्य विषम, शिलु लगायत नेताहरुको सहभागिता रहेको जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top