भोलि काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस हुने

0

काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस


भक्तपुर । एसईई दिएर बसेका विद्यार्थीहरुका लागि मार्गनिर्देशन गर्ने उद्देश्यका साथ भक्तपुरमा ओपन हाउस हुने भएको छ । असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुन लागेको हो । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि कुनकुन संकाय वा केके विषय पढ्दा कके हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ । साथै खेककुदलगायतका विभिन्न प्रतियोगिताहरु पनि सञ्चालन गरिने जनाइएको छ ।  

स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम असार १६ गते अर्थात् जुलाई १ शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर कार्यक्रम हुने जनाए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुने छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ । स्कुलसम्म पुग्न कालोपत्रेसहितका फराकिलो सडक रहेको छ ।

कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुने छ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् । 

कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी विशेष रहने छ । यसको साथमा विभिन्न कलाकारहरुबाट मनोरञ्जन दिलाइने छ । साथै विभिन्न खेलहरु पनि हुने जनाइएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन ९ डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ ।

कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ ।

भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top