कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेल र गोर्खा इको प्यानल भक्तपुर बिच सहकार्य

0

कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेल र गोर्खा इको प्यानल भक्तपुर बिच  सहकार्य


भक्तपुर । कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेल ललितपुर र गोर्खा इको प्यानल भक्तपुरबीच एक आपसमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमवीच दुईपक्षमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा कान्तिपुर इन्जिनियरिङ कलेजकोतर्फबाट प्रिन्सिपल प्राफेसर डाक्टर केशर प्रसाई र गोर्खा इको प्यानलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवांले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा कान्तिपुर इन्जिनियरिङकोतर्फबाट कलेजको सिभिल डिपार्टमेन्ट एचओडी सुदीप थापा, कलेजकै रिसर्च, ट्रेनिंङ एण्ड कन्सल्टेन्सी डिभिजन प्रमुख प्राडा सुरेन्द्रबहादुर ताम्राकार, गोर्खा प्रिकास्ट एण्ड विण्डोरकोतर्फबाट सीईओ राजन दुवाल, गोर्खा इको प्यानलकोतर्फबाट इन्जिनियर जीवन खाइतू सहभागी रहेका थिए । 

कलेजमा इन्जिनियरिंग अध्ययन गरिरहेका विद्यार्थीलाई निर्माण क्षेत्रमा आइरहेका नयानयाँं निर्माण सामाग्री, प्रविधि आदिबारे जानकारी दिनुका साथै अनुसन्धान, तालिममा सहयोग गर्ने, इन्टर्नशीप गराउने योजना सहित सम्झौता गरिएको जनाइएको छ । यसले भोलिका इन्जिनियरलाई काम गर्न सहज हुने विश्वास गरिएको छ । 

गोर्खा इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top