नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि

0

 
नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि
संखुवासभामा  अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत कर्मचारी वस्नका लागि निर्माणाधीन भबन नेपाल इको प्यानलको प्रयोगबाट बनाइँदै ।

काठमाडौं । नेपाल इको प्यानल देशका दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थालिएको छ । पछिल्लो पटक संखुवासभा  जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु वस्ने भबनका लागि नेपाल इको प्यानलको प्रयोग गरिएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विकट दुर्गम गाउँंहरुमा पुर्याउन सहज हुने भएकोले यसको प्रयोग हुने गरेको जनाए । यातायातको सहज सुविधा नभएका विकट ठाउँंहरुमा पुर्याउन  हाम्रो इको प्यानल निकै नै सहज हुन्छ, उनले भने, यो हलुका हुने भएकोले सवैतिर पुर्याउन सहज हुने भएको हो । 

इटा, सिमेन्ट जस्ता सानोसानो टुक्रा नभई ठूल्ठूलो हुने र साथै हलुका पनि हुने भएकोले यसलाई विकट ठाउँंहरुमा पुर्याउन सहज हुने भएको हो । इको प्यानल पहिला नै कारखानामा तयार पारी निर्माणस्थलमा एसेक्बल मात्रै गरे पुग्ने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोगले इटा, सिमेन्टको गाह्रो लगाउँंदा जस्तो सिमेन्ट घोलेर वस्न नपर्नेलगायतले पुर्याउन मात्रै नभई प्रयोगमा पनि सहजता हुन्छ । यस हिसावले गिटी, ढुंगा, सिमेन्ट, डण्डीलगायतका निर्माण सामाग्री पुर्याउन असहज हुने दुर्गम ठाउँंहरुको लागि इको प्यानल वरदान नै सावित छ । 

कम्पनीका सिइओ इन्जिनियर दुवालले यी प्यानलहरु हिमाल, तराई अनि पहाड सवैतिर उतिकै उपयोगीसिद्ध भएको बताए । बाहिरको तातो चिसो भित्र नआउने भएका कारण जाडो वा गर्मी दुवै ठाउँंहरुमा यसको उपयोगिता विशेष रहने उनले बताए । बाहिर जाडो हुने ठाउँंमा पनि यसको प्रयोगबाट कोठामा जाडो नहुने र बाहिर गर्मी हुने ठाउँंमा पनि गर्मी हुन नदिने यसको विशेषता भएकाले यसको प्रयोग जुनसुकै वातावरण भएको ठाउँंमा पनि उतिकै उपयोगी रहेको उनले सुनाए । 

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट निर्माण कार्य पनि छिट्टै सम्भब हुन्छ ।

संखुवासभामा  अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत कर्मचारी वस्नका लागि निर्माणाधीन भबन नेपाल इको प्यानलको प्रयोगबाट बनाइँदै ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top