मध्यपुर थिमि नगरपालिकाका सुरेन्द्र श्रेष्ठद्वारा राजिनामा

0



भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको प्रशासनिक क्षेत्रको गैरक्रियाकलापको कारण देखाउदै नेपाली काँग्रेसको भातृ संगठन स्थानीय तह कर्मचारी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आप्mनो पदबाट राजिनामा दिएका छन् । 

नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिलाई बोधार्थ लेखि स्थानीय तह कर्मचारी संघ केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै जेष्ठ १८ मा लेखिएको पत्रमा अध्यक्ष श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको सातौं तहको इन्जिनियर पदमा रहेता पनि विगत ६ बर्षदेखि प्राविधिकको काम गर्नबाट बन्चित गराई वडा प्रशासनको क्षेत्रमा राखिएको र हाल छैठौं तहका करार कर्मचारीको मुनि रहने गरि आयोजना नै सञ्चालनमा नरहेको आयोजनाको सह—आयोजना प्रमुख भनि नियुक्ती दिई आफूलाई अपमानित र हेला गरेको महसुस भई सम्बन्धित पार्टीका नेताहरुलाई पटक पटक अनुरोध र आग्रह गर्दा पनि कहि कतैबाट कुनै सुनुवाई नभएको हुनाले आफैले आफैलाई पनि न्याय गर्न नसकेको अवस्थामा जिल्लाको अध्यक्ष जस्तो गरिमामय पदमा रही स्थानीय तहको भक्तपुर जिल्लामा नेपाली काँग्रेस प्रति आस्था सदभाव राख्ने सम्पुर्ण कर्मचारीहरु प्रति केही गर्न नसक्ने महशुस भएकोले आफूले अध्यक्ष पदबाट राजिनामा गर्ने निर्णय गरेको उल्लेख गरेको छ । 

पत्रमा स्थानीय तह कर्मचारी संघ भक्तपुर जिल्लाको अध्यक्ष पदमा रही भक्तपुर जिल्लाको ४ वटै स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुको हकहित बृत्ति विकासको साथै हरेक कर्तव्यनिष्ठ कर्मचारीहरुले इमान्दारीपुर्वक नेपालको ऐन, कानून तथा स्थानीय तहको नीति नियम र निर्देशिका अनुसार नगरवासीको सेवामा दिन रात खटिइ सेवा दिनु पर्छ भन्ने भावनाले नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं माननीय सांसद आदरणीय नेता दुर्लभ थापाको उपस्थितिमा सो जिम्मेवारी बहन गरेको भन्दै जिल्लाको ४ वटै नगरपालिका मध्ये ३ वटा नगरपालिकाको सहभागिता भई कार्यसमिति गठन गर्दा मध्यपुर थिमि नगरपालिकाको कर्मचारी बाहेक अरु कुनै नगरपालिकाबाट कार्यसमितिको सदस्य पनि नलिएको अवस्थामा एक्लो मध्यपुरले मात्र संगठन बिस्तार हुनपर्छ भन्ने मुल्य र मान्यताका साथ अगाडि बढी भक्तपुर जिल्ला स्थानीय तह कर्मचारी संघ गठन भएको समेत स्मरण गराएको थियो ।

राजिनामा पत्रमा स्थानीय तहको पहिलो चुनाव देखिनै दुई तिहाई बहुमत भएको आफू कार्यरत नगरपालिकामा एस एम एस मार्फत आफूलाई मात्र कार्यपालिकाको मिति २०७४÷१०÷०७ गतेको निर्णय अनुसार वडा सचिवको जिम्मेवारी दिएको र हाल ५ बर्षको सो अवधि सकिएर नगरपालिकामा काँग्रेसको नगर प्रमुख निर्वाचित भएर आएपछि मिति २०७९÷१२÷१५ गते वडाबाट नगरपालिकामा हाजिर हुन आउनु भनि सरुवा पत्र दिइयो, तर कामकाज तथा जिम्मेवारी, शाखा नदिइ आफूलगायत  अन्य ६ जना सातौ तहका कर्मचारीहरुलाई डेढ महिनासम्म बिना कोठा, बिना जिम्मेवारी पेण्डुलम (बरण्डामा) राखेको उल्लेख गरेको छ । उनले आजको मितिसम्ममा पनि सुरक्षागार्डहरुलाई समेत कोठा दिन सक्ने नगरपालिकाले सातौं तहका कर्मचारी भएर आफूलाई कोठा समेत उपलब्ध गराउन नसकेको आरोप लगाएका छन् । 

अध्यक्ष श्रेष्ठले गत बैशाख २१ गते देशभरिको स्थानीय तहमा समेत नभएको शाखा खोली आयोजना तथा कार्यक्रम शाखामा कामकाज गर्ने पत्र दिएको तत्पश्चात बैशाख २४ गते फेरि उक्त शाखाको प्रमुख भनि चिठ्ठी सच्याइ थप नगरपालिकाबाट संचालन हुने आयोजनाको सह—आयोजना प्रमुखसमेत भनि पत्र दिइयो । बैशाख २९ गते प्रमुख प्रशासकीय अधिकृतलाई भेटी विगतमा ५ वटा आयोजना लागु गर्ने भनि हाल कार्यरत करारका छैठौ तहका कर्मचारीहरुलाई आयोजना प्रमुख तोकिसकेको अवस्थामा मलाई सह—आयोजना प्रमुख भनी दिन मिल्छ कि मिल्दैन भनेर छलफल गर्दा यदि त्यसो हो भने अर्को चिठ्ठी सच्याइ दिन्छु भनि आश्वासन दिएता पनि हालसम्म प्रमुखको जिम्मेवारी दिएर कार्यकक्षको व्यवस्था समेत नगरेको उनको गुनासो छ ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top