नगरभित्रका पुरानो नाम खोज्दै मध्यपुर थिमि

0

नगरभित्रका पुरानो नाम खोज्दै मध्यपुर थिमि


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाको रुपमा रहेको मौलिक नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखिकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले मठ, मन्दिर, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्थानिय स्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । उनले पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिपिएस सिस्टममा लाने विषयमा समेत प्रष्ट पारे ।

पूर्खाले सन्ततिमा हस्तान्तरण गरेको सम्पदालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । सम्पदालाई पर्यटनसँग जोड्नसके त्यसले स्वरोजगार सिर्जना गर्नेदेखि वित्तीय अवस्था चलायमान गराउने क्षेत्रमासमेत भूमिका खेल्छ ।

कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुको विषयमा जानकारी दिए । संयोजक श्रेष्ठले नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा मध्यपुर थिमिका प्रथम पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णकुमार प्रजापति लगायतले नगरभित्र पुराना नाम खोजेर प्रतिष्ठान गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए । समितिका सदस्य सचिव तुलसी भक्त तःकोले सञ्चालन गरेको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सबै वडाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समितिका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top