६०० वर्ष पुरानो सम्बन्धविच्छेद मन्दिर, महिलाहरूको लागि दोस्रो घर !

0

६०० वर्ष पुरानो सम्बन्धविच्छेद मन्दिर, महिलाहरूको लागि दोस्रो घर !


एजेन्सी । संसारमा धेरै देवी–देवताका मन्दिरहरू देख्न पाइन्छ। जहाँ कुनै देवता वा देवताको मूर्ति स्थापना गरिएको छ। तर जापानको ६०० वर्ष पुरानो टोकोजी मन्दिर एउटा अनौठो मन्दिर हो जहाँ महिलाहरु आफ्ना श्रीमान्को त्रासमा सम्बन्ध विच्छेदका लागि आउने गर्छन् ।

सम्बन्ध विच्छेद कुनै पनि विवाहित जोडी, परिवार र समाजका लागि दुःखको विषय हो । सम्बन्ध विच्छेदमा दुई व्यक्ति मात्रै होइन परिवार पनि छुट्टिन्छ, यस्तो अवस्थामा दम्पतीका सन्तानमासमेत नराम्रो असर पर्छ । सम्बन्ध विच्छेदलाई राम्रो भन्न सकिँदैन, तर जब सम्बन्ध सहनशीलताबाट बाहिर जान्छ, तब सम्बन्ध विच्छेद एकमात्र विकल्प रहन्छ । धेरैजसो समुदायमा सम्बन्ध विच्छेदलाई राम्रो मानिदैन र यसबाट पुरुषलाई भन्दा महिलाको जीवन कष्टकर बन्दै जान्छ, तर जापानमा सम्बन्धविच्छेद भएका महिलालाई सशक्त बनाउन वर्षौंअघि एउटा मन्दिर (डिभोर्स टेम्पल जापान) निर्माण गरिएको थियो, जुन उनीहरुको दोस्रो घर बन्ने गरेको थियो । यस मन्दिरलाई डिभोर्स मन्दिर पनि भनिन्छ ।

जापानको कानागावा प्रान्तको कामाकुरा सहरमा रहेको मात्सुगाओका टोकेईजी मन्दिरलाई ‘डिभोर्स टेम्पल’ भनेर चिनिन्छ । यो मन्दिर ६०० वर्ष पुरानो हो । तपाई सोच्नुहुन्छ कि यहाँ मानिसहरू आएर सम्बन्ध विच्छेद गर्छन् । तर त्यस्तो होइन, यो मन्दिर त्यो समयमा बनेको थियो जब जापानी महिलालाई कुनै अधिकार थिएन । साथै उनीहरु घरेलु हिंसाको सिकार भइ रहेका हुन्थे । यस्ता महिलाहरूलाई यो मन्दिरले सहयोग गर्दथ्यो । यो मसन्दर त्यस्ता महिलाका लागि दोस्रो घर जस्थै हुन्थ्यो र उनीहरु यहाँ आफ्नो जीवन बिताउन सक्षम हुन्छन ।

दुःखी नारीको आफ्नै घर

रिपोर्टका अनुसार यो बौद्ध मन्दिर हो । यो १२८५ मा बौद्ध भिक्षु काकुसन शिदो–नी द्वारा निर्माण गरिएको थियो । ११८५ र १३३३ को बीचमा, जापानी महिलाहरूको अवस्था अत्उन्तै खराब थियो । उनीहरुले आधारभूत अधिकार पनि पाएका थिएनन् । यसबाहेक उनीहरूमाथि धेरै सामाजिक प्रतिबन्धहरू पनि लगाइने गरिन्थ्यो । यस्तो अवस्थामा आफ्नो वैवाहिक जीवनमा खुसी नभएका वा घरेलु हिंसाको सिकार भएका महिलाहरू यस मन्दिरमा आउने र बस्ने गर्दथे ।

मन्दिरले प्रमाणपत्र दिन थाल्यो

केहि समय पछि, यो मन्दिरले आधिकारिक रूपमा ती महिलाहरूलाई सम्बन्ध विच्छेद प्रमाणपत्र दिन थाल्यो ताकि तिनीहरूले आफ्नो जीवन सुखी पूर्वक बिताउन सकून् । यो प्रमाणपत्रले कानुनी रूपमा महिलाहरूलाई विवाहबाट स्वतन्त्रता दिएको छ । आजकल यो मन्दिरलाई महिला सशक्तिकरणको प्रतीकका रुपमा हेरिन्छ ।

मन्दिरको सौन्दर्य अद्भुत छ

मन्दिरको सौन्दर्यको कुरा गर्दा यसको वास्तुकला अदभुतको छ तर पनि त्यहाँका मानिसहरूले यस मन्दिरलाई काकेकोमी डेरा, भागेका महिला, सम्बन्ध तोड्ने आदि नामले बोलाउँछन् । तर, यी सबैको बाबजुद पनि यो मन्दिर निस्वार्थ भई कल्याणकारी कार्यमा लागिरहेको छ । यस मन्दिरको वरिपरि सुन्दर बगैंचा छन्, जसले यसको सौन्दर्यलाई बढाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top