नेकका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

0


नेकका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत


काठमाडौं । चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक उत्कृष्ठता हासिल गर्ने दुई विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई २०५१ सालदेखि सञ्चालित कलेजले आज एक कार्यक्रममा शैक्षिक उत्कृष्ठता हासिल गरेका दुई विद्यार्थी सम्मानीत गरेको हो ।

कलेजमा सञ्चालित स्नातकोत्तर कार्यक्रमहरु मध्ये विद्यार्थीहरुको आकर्षकको विषय रहेको ‘यातायात इन्जिनियरिङ तथा व्यवस्थापन’ कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले यातायात क्षेत्रका अन्तराष्ट्रिय विज्ञ प्राध्यापक डाक्टर पार्थमणी पराजुलीले आफ्ना मातापिताको नाममा स्थापना गरेको बस छात्रबृत्तीबाट नेकका दुई जना विद्यार्थीहरु सम्मानीत भए ।

सम्मानीत हुनेहरुमा इन्जिनियर सुनिलकुमार तिलक यादव र इन्जिनियर मन्दा पन्त रहेका छन् । इन्जिनियर यादवले अफ्रिकाका विभिन्न मुलुकहरुमा आफ्नो सेवा दिएका थिए भने, इ. पन्त हाल सडक विभागमा कार्यरत छन् । शैक्षिक उत्कृष्ठता सम्मान गर्ने क्रममा उनीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै विद्यार्थीहरुले आर्जन गरेको ज्ञान र सीपबाट नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत देशको नाम उच्च भएकोमा सन्तोष व्यक्त गरे ।

कार्यक्रममा कलेजका स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुशिता चाँदनी शाही र कलेजका उपप्राध्यापकहरु इ. राजेश खड्का र इ. गोपाल गौतमको पनि उपस्थिति रहेको थियो । सम्मानीत दुवै विद्यार्थीहरुले कलेजको शैक्षिक वातावरण तथा सोध कार्यक्रमहरुको प्रशंसा गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top