मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गोप्य भेट

0

 

मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गोप्य भेट

काठमाडौं । विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन् । उक्त भेट केही साताअघि काठमाडौंमा भएको उच्च स्रोतले बताएको छ ।

मोदी पाँच दिने भ्रमणमा नेपाल आएका थिए । सरकारी निकायबाट कुनै जानकारी नदिएको उक्त भ्रमणको क्रममा प्रल्हाद पोखरा पुगेको बताइन्छ । जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए ।  

गत पुसमा उपप्रधानसहित गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए । उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए । तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top