समयमै किसानलाई मल दिन माग गर्दै नेमकिपाको विरोध प्रदर्शन

0

 

समयमै किसानलाई मल दिन माग गर्दै नेमकिपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउनु पर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदान रकम युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै विरोध जनाएका छन् ।

रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतिको बिरोधमा देशभरका किसानहरुले संघर्ष गरेपछि वर्तमान सरकार यथास्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली कांग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कब्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ ।

उनीहरुले निजी बैंक र स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका हुन् ।

नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्, तीन प्रतिशतको मत सीमा खारेज गर्, अमेरिकी साम्राज्यवाद मुर्दावाद्, देशघाती नागरिकता विधेयक खारेज गर् लगायका प्लेकार्डसहित विरोध जनाएका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top