यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

0

काठमाडौं, एजेन्सी । आजकल विश्वका विभिन्न देशमा संघर्ष चलिरहेको छ । कतै महामारी फैलिएको छ त कतै देशभित्रै गृहयुद्ध चलिरहेको छ । केही देशहरू आपसमा लडिरहेका छन् । तर यी सबैले त्यहाँको आर्थिक अवस्थालाई असर गरिरहेको छ र जनताको जीवनस्तर निकै तल खस्केकोे छ । अफ्रिकी देशहरूमा यस्ता धेरै देश छन्, जहाँ गरिबी दिनप्रतिदिन बढ्दै गइरहेको छ । त्यहाँ गरिबी यस्तो अवस्थामा पुगेको छ कि जनताले खाना र शुद्ध पानी समेत पाउन सकेका छैनन् । जानौं विश्वका ती १० देशका बारेमा जहाँ गरिबी चरम सीमामा छ...

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०१ ग्लोबल फाइनान्सको प्रतिवेदन अनुसार दक्षिण सुडान विश्वको गरिब देशको सूचिमा पहिलो नम्बरमा छ । जसको कुल ग्राहस्थ उत्पादन दर (जीडिपी) ५१६ डलर छ ।े यसलाई नेपाली रुपैयाँमा बदल्दा यो लगभग ६८,११२ रुपैयाँ हुनेछ । सन् २०११ मा भएको हिंसापछि यो तहसनहस भएको थियो । तेलको भण्डारमा धनी, करिब ११ करोडको भूपरिवेष्ठित राज्यले भोकमरीको सामना गरिरहेको छ । (फोटो–एएफपी)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०२ गरिब देशको सूचीमा बुरुण्डी दोस्रो स्थानमा छ । यो देशमा १ करोडभन्दा बढी मानिस बस्छन् । जसमध्ये ९० प्रतिशत आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् । यहाँ जनताले जीवनयापनका लागि आधारभूत सुविधा समेत पाउन सकेका छैनन् । यहाँ करिब १२ वर्षदेखि गृहयुद्ध चलेको छ । यहाँ प्राकृतिक स्रोतको अभावले जनतालाई भोकमरीको खाडलमा धकेलिएको छ । यसको जीडीपीको कुरा गर्ने हो भने देशको कुल जीडीपी ८९१ डलर छ । (फोटो– ग्रिफ ट्यापर÷आईआरसी)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०३ योसँगै सेन्ट्रल अफ्रिकन रिपब्लिक गरिब देशको सूचीमा तेस्रो नम्बरमा आउँछ, यो देश सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । तर धेरै पटक यहाँ सत्ता उथलपुथल भयो र देश बर्बाद भयो । यस देशको कुल जीडीपी १,१२७ डलर छ । (फोटो–सामाजिक मिडिया)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०४ सोमालिया गरिब देशको सूचीमा चौथो नम्बरमा छ । सोमालियाको कुल जीडीपी  १३७४ डलर हो । (फोटो–एड राम गेटी

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०५ पाँचौं गरिब देशको कुरा गर्दा, यो प्रजातान्त्रिक गणतन्त्र कंगो हो । यो देश प्राकृतिक सम्पदामा धनी छ । तर पनि यो देश निकै गरिब छ । यहाँका जनताको अवस्था निकै दयनीय छ । यस देशको जीडीपी  १,४७४ डलर छ ।

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०६ त्यस्तै, छैठौं गरिब देशको सूचिमा अफ्रिकी मुलुक मोजाम्बिक हो । यस देशको कुल जीडीपी १,५५६ डलर छ । (फोटो–एएफपी÷अल्फ्रेडो जुनिगा)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०७ त्यसैगरि सातौं गरीब देशको सूचिमा नाइजर पर्दछ े। नाइजर पनि सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । आज देशको अवस्था यस्तो छ कि यहाँका झण्डै ८० प्रतिशत जनता विद्युत, स्वास्थ्य र आधारभूत सुविधाबाट बन्चित छन् । यहाँका अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका छन् । यस देशको जीडीपी १,६०० डलर छ । (फोटो– ओलम्पिया डे माइसमन्ट÷एएफपी)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०८ मलावी सबैभन्दा गरिब देशको सूचीमा आठौं नम्बरमा छ । मिडिया रिपोर्टका अनुसार मलावी अफ्रिकाको एउटा यस्तो देश हो जहाँ ७० प्रतिशतभन्दा बढी जनसंख्या दैनिक २०० रुपैयाँभन्दा कममा जीवन बिताउँछन् । यस देशको कुल जीडीपी १,६८२ डलर रहेको छ ।

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

०९ गरिब देशको सूचीमा चाड नवौं नम्बरमा छ । यस देशको जीडीपी १,७८७ डलर छ । (फोटो–एएफपी)

यी हुन् विश्वका १० सबैभन्दा गरिब देश

१० लाइबेरिया गरिब देशको सूचीमा १० औं नम्बरमा छ । यो अफ्रिकाको सबैभन्दा पुरानो देशहरू मध्ये एक हो । यो देशमा सन् २००३ सम्म गृहयुद्ध चलेको थियो । यस देशको कुल जीडीपी  १,७८८ डलर रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top