शंखधर साकोसका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा

0

मध्यपुर थिमि । मध्यपुर थिमिको शंखधरचोकमा कार्यालय रहेको बितिय सहकारी संस्था शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुलाई भक्तपुर हार्ट एण्ड डायविटिज सेन्दर प्रा. लि., पाण्डुबजार, सल्लाघारीको प्राविधिक सहयोगमा आज जेठ ७ गतेबाट प्रत्यक आइतबारका ५० जनासम्मका लागि रगतमा सुगरको लेवल र निःशुल्क रुपमा परिक्षण गरिने संस्थाका व्यवस्थापक राजेन्द्रकुमार कायस्थले जानकारी दिएका छन् । साथै विहान ७ बजे दखि ११ सम्म बकतष्लन र इयको लागि खाली पेटमा केही नखाई आउन पनि सदस्यहरुलाई आग्रह गरेका छन् ।

साथै उक्त स्वास्थ्य संस्थाले सहकारीका सदस्यहरुलाई सेन्टरले प्रदान गर्ने अन्य स्वास्थ्य सेवामासमेत १५ देखि २० प्रतिशत सम्मको छुट उपलब्ध गराउने व्यवस्थापक कायस्थले जानकारी दिएका छन् । साथै उनले आज पहिलो आइतबार ३० जना सदस्यको निःशुल्क रगतमा सुगरको परिक्षण भएको जानकारी दिए । आगामी प्रत्येक आइतबार संस्थाका सदस्यहरुले उक्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य सम्वन्धि सेवा लिई लाभान्वित हुन पनि अनुरोध गरेको छ । 



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top