लोकसेवा आयोगद्वारा पुनः आवेदन आह्वान, दस्तुर तिर्नु नपर्ने

0

 

लोकसेवा आयोगद्वारा पुनः आवेदन आह्वान, दस्तुर तिर्नु नपर्ने

काठमाडौं । लोकसेवा आयोगले उम्मेदवारहरुको आवेदन डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले एक सूचना निकालेर पुनः दरखास्तको आव्हान गरेको हो ।

आयोगको अनलाइन आवेदन प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) मा गत फागुन २३ गते समस्या आएको थियो । डाटा रिकभरीको प्रयास भैरहेको तर यो प्रकृया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने भन्नेबारे यकिन नहुँदा आयोगले पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाएका उम्मेदवारबाट पुनः आवेदन माग गरेको हो ।

पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यहरु जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसकेपछि आयोगको तालिका प्रभावित हुने र परीक्षा तयारी गरिरहेका उम्मेदवारलाई समेत मर्का पर्ने देखिएकाले वैशाख १४ गतेको निर्णय अनुसार गएको मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा पुनः आवेदन आव्हान गरिएको आयोगका प्रवक्ता तोया नारायण सुवेदीले जानकारी दिएको छ ।

पहिले आवेदन दिएका उम्मेदवारले जेठ १८ गतेभित्र पुनःआवेदन विवरण अनलाइन मार्फत पेश गर्नुपर्नेछ । साथै यसमा आवेदन दस्तुर नलाग्ने पनि आयोगले जनाएको छ । आयोगले अनलाइन प्रणालीमा पुनःआवेदन मेनु राखेको छ । यसमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको त्यहि नै आवेदन गर्नुपर्नेछ ।

आयोगका अनुसार २०७९ साल मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका आवेदन सम्बन्धी विवरणमा समस्या देखिएपछि पुनः आवेदनका लागि आह्वान गरिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top