विश्व अर्को महामारीका लागि तयार रहन डब्लूएचओको चेतावनी, कोरोनाभन्दा खतरनाक भाइरस आउँदैछ

0

विश्व अर्को महामारीका लागि तयार रहन डब्लूएचओको चेतावनी, कोरोनाभन्दा खतरनाक भाइरस आउँदैछ


काठमाडौं, एजेन्सी । कोरोनाको महामारी अझै पूर्ण रुपमा समाप्त भएको छैन । तर यो भन्दा पहिले, अर्को महामारी आउने चेतावनी जारी गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ महामारीभन्दा पनि घातक हुनसक्ने अर्को महामारीका लागि विश्वले तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । मिडिया रिपोर्टका अनुसार डब्ल्यूएचओ प्रमुख टेड्रोस एडनोमले विश्वलाई कोभिड भन्दा पनि घातक भाइरसका लागि तयार रहनुपर्ने बताएका छन् ।

एनडीटीभीको रिपोर्टका अनुसार डब्ल्यूएचओका प्रमुखले ७६ औं विश्व स्वास्थ्य सम्मेलनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले कोरोनाका कारण कम्तीमा दुई करोड मानिसको मृत्यु भएको बताएका छन् । केही समय अगाडि डब्ल्यूएचओले घोषणा गरेको थियो कि कोविड–१९ महामारी अब स्वास्थ्य आपतकालिन रहेन । उनले जेनेभा, स्वीट्जरल्याण्डमा भएको एक स्वास्थ्य बैठकलाई यो अर्को महामारीलाई रोक्न वार्ता गर्ने समय रहेको भनेका छन् । साथै डब्लुएचओ प्रमुखले कोरोना अझै समाप्त नभएको पनि चेतावनी दिएका छन् ।

यसले अर्को पुनः अर्को रुपमा निस्किने खतरा कायमै रहेको भन्दै रोग र मृत्यु हुने उनको भनाइ छ । डब्ल्यूएचओ प्रमुखले भने कि जब अर्को महामारीले दस्तक दिइरहेको छ र जब यो आउँछ भनेर थाहा हुन्छ, हामी निर्णायक, सामूहिक र समान रूपमा त्यसको प्रतिकारको लागि संयम भएर तयार हुनुपर्छ । डा. टेड्रोसले यो पुस्ताको महामारीसँग क्नै सम्झौता नगर्ने प्रतिबद्धता रहेको पनि बताए । किनभने यी ती पुस्ता हुन् जसले अनुभव गरे कि सानो भाइरस कत्ति भयानक हुन सक्छ।

यो महामारीले २०१७ को विश्व स्वास्थ्य सम्मेलनमा घोषणा गरिएको तीन अर्ब लक्ष्यको प्रगतिलाई पनि असर गरेको बताइएको थियो । टेड्रोसले भनेका छन् कि कोरोनाको लागि स्वास्थ्य आपतकाल समाप्त हुनुको अर्थ कोरोना पुरै समाप्त भयो भन्ने होइन ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top