स्मार्टफोनले बर्बाद पार्दैछ बाल्यकाल र युवावस्था ! हरेक अभिभावकको आँखा खोल्ने रिपोर्ट

0

स्मार्टफोनले बर्बाद पार्दैछ बाल्यकाल र युवावस्था ! हरेक अभिभावकको आँखा खोल्ने रिपोर्ट


स्मार्टफोन लतः आजकल स्मार्टफोन हरेक मानिसको हातमा उपलब्ध छ । मोबाइलमा रिल, तस्विर र गेमिङको लतमा युवा मात्रै होइन बालबालिका पनि फसेका छन् । हरेक घरमा साना केटाकेटीहरु अभिभावकको फोन लिएर गेम र भिडियो हेर्न थाल्छन् । प्रायः आमाबाबुले पनि बच्चाहरूलाई खुवाउन वा रोएको बच्चालाई शान्त पार्न तुरुन्तै मोबाइल दिने गर्दछ । बालबालिकालाई मनोरञ्जन दिने सबैभन्दा राम्रो माध्यम मोबाइललाई अभिभावकहरुले मान्न थाले पनि यसको लत भने हानीकारक बन्दैछ ।

स्मार्टफोनको अत्याधिक प्रयोगले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यलाई बिगार्ने निश्चित त निश्चित छ । साथै यसको अत्याधिक प्रयोगले बालबालिकाको बृति विकासमासमेत  असर पारिरहेको छ । विश्वको अग्रणी स्मार्टफोन निर्माता कम्पनीका शीर्ष अधिकारी आफैंले मोबाइललाई बालबालिकाका लागि घातक हुने बताइरहेका । शाओमी कर्पका पूर्व ग्लोबल हेड मनु कुमार जैन बालबालिकाले स्मार्टफोनको अत्याधिक प्रयोगबारे चिन्ता व्यक्त गरेका छन् ।

स्मार्टफोन प्रयोगको बारेमा चकित पार्ने रिपोर्ट

मनु जैनले बच्चाहरुमा मोबाइल लतले मानसिक तथा स्वास्थ्य समस्या आउने कुराकम सहमति जनाएका छन् । यस अध्ययनमा स्मार्टफोन प्रयोग गरेको केही वर्षपछि मानिस कसरी कमजोर मानसिक स्वास्थ्यको सिकार हुन सक्छ भन्ने कुरा बताइएको थियो । लिंक्डइन पोष्टमा उनले लेखेका छनर “अभिभावकहरू, हाम्रा बच्चाहरूको मानसिक स्वास्थ्यमा प्रारम्भिक स्मार्टफोन र ट्याब्लेट एक्सपोजरको खतरनाक प्रभावको बारेमा कुरा गरौं ।“

उनले बालबालिकाको मानसिक स्वास्थ्य जोगाउनु अभिभावकको रुपमा हाम्रो दायित्व भएको बताए । साना बच्चाहरूमा धेरै स्क्रिन समयले गम्भीर परिणामहरू निम्त्याउन सक्छ । याद गर्नुहोस् कि उनीहरूको बाल्यकाल अमूल्य छ र उनीहरूलाई उज्ज्वल र स्वस्थ भविष्यको लागि सर्वोत्तम सम्भव आधार प्रदान गर्नु हाम्रो कर्तव्य हो ।

मोबाइलको लगातार प्रयोगले मानसिक स्वास्थ्यमा असर गर्छ

क्बउष्भल ीबदक ले गरेको नयाँ विश्वव्यापी अध्ययनले बालबालिकालाई स्मार्टफोनको परिचय दिन ढिलो गर्नु उनीहरुको मानसिक स्वास्थ्यका लागि राम्रो हुने देखाएको छ । यस अध्ययनले देखाउँछ कि १० वर्षको उमेर अघि स्मार्टफोनको सम्पर्कमा आएका ६०–७० प्रतिशत महिलाको युवावस्थामा मानसिक स्वास्थ्य समस्या हुन्छ । १० वर्षको उमेर अघि स्मार्टफोन प्रयोग गर्ने ४५ देखि ५०% पुरुषहरू पनि यस्तै समस्याहरूको सामना गरिरहेका छन् । अर्थात् सानै उमेरमा बालबालिकालाई फोन दिनु उपयुक्त हुँदैन । यो बानीले बालबालिकाको मानसिक स्वास्थ्यलाई कमजोर बनाउँदै लगेको छ ।

बच्चालाई फोन दिनुको सट्टा विभिन्न गतिविधिमा व्यस्त राख्नुहोस् । उनीहरुसँग खेल्न, पार्कमा लैजाने आदि गर्नु आवश्यक छ । कुनै पनि तरिकाले बच्चालाई बाहिरी वातावरणमा घुलमिल गराउने वा अन्य गतिविधिहरूमा व्यस्त बनाउने प्रयास गर्नु पर्दछ । बालबालिकालाई स्मार्टफोनको प्रयोगबारे राम्ररी बुझाउनुका साथै फोनमा सधैं पासवर्डको प्रयोग गर्ने गर्नुपर्दछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top